पोखरा
जति गह्रौं वस्तु छ त्यसलाई गुरुत्वाकर्षणको बलले पृथ्वीले त्यति नै चाँडो आँफुतिर खिचेर ल्याउँछ, जति हलुका बस्तु छ त्यो लामो समयसंम्म लगाएर पृथ्वीमा झर्दछ । यो विज्ञानले प्रमाणित गरेको तथ्य हो जुन अहिले सर्वमान्य सावित भैसकेकोछ । त्यस्तै इतिहाँस जुन राजनीतिद्धारा निर्मीत भएका छन् तिनिहरु जसको वढि प्रभाव प¥यो तिनैको प्रशंग बढि मात्रामा उल्लेखित हुन्छ । केही दशक यताबाट नेपालका कथित बुद्धिजीवि, राजनीति गर्ने भनाउँदा एवं अल्प विद्धान वर्गहरुले नकारात्मक भाष्य निर्माण गर्न नकारात्मकताको नै सहारा लिएकाछन् । विश्वका विभिन्न मुलुकका इतिहाँसहरुको अध्ययन गर्दा मानव समाजद्धारा स्थापित राज्य सत्ताका समय सन्दर्भमा आकृति र नीतिहरुमा निरन्तर फेरबदल हुदै आएकाछन् ।
युरोपबाट फैलिएको दाशप्रथा भारतवर्षमा अंग्रजहरुले ल्याए र त्यो नेपालमा पनि प्रचलनमा ल्याईयो । पछि युरोपबाटै त्यसको अन्त्यको लागी आन्दोलनहरु भए र अमेरीकामा त ठुलो संघर्ष नै भयो । नेपालमा राणा श्री ३ चन्द्र शमशेरले त्यस प्रथालाई बन्द गराए । यस्तो यथार्थताबाट हिजो दशप्रथाको सिकाञ्जामा जकडिएको कुनै एक जातीलाई जातीय अधिकारको नाममा प्रशिक्षित गराउने नाममा प्रायोजित प्रशिक्षकहरुले तथ्यविहिन र भ्रमात्मक शैलीले उपल्ला जातीहरुबाट प्रारम्भ गरिएको प्रथा भनि व्याख्या गर्दै गलत तथ्य स्वीकार्न प्रयात्न गराउदै आएका छन् । अझै पनि यि गलत तथ्यहरुलाई सही रुपमा स्वीकार्दै कतिपय व्यक्तिहरु गुमाराहको शिकार भैरहेकाछन् । जातजातीको बीचमा बैमनस्यता सृजना गराउन चालिएको बाह्य तत्वहरुद्धारा प्रायोजित कदमको थालनी थियो जसमा केही अग्रगामी भनि आँफुलाई दावी गरेका राजनीतिक व्यक्ति समुह र दलहरु प्रयुक्त भएका थए ।
सदियौ देखी मिलिजुली साम्प्रदायिक सद्भाव कायम गरि बसेको नेपाली समुदायलाई भिडन्तमा उतारी जातीय युद्ध सृजना गराउने साजिस पनि अत्याधिक मात्रामा नरचिएका हैन्न । विश्वव्यापी रुपमा जातीयताको भावना संभवत कुनै पनि धर्मले सृजना गरेका भावना हैन्न । सवै धर्मको सारमा समानता भएता पनि अनुयायीहरुले प्रदर्शन गरेको स्वभावले पृथक देखाएको हो भन्ने यथार्थलाई बुझ्नेको संख्या अफै पनि न्यून मात्रामा रहेकोछ । प्रायोजकको स्वार्थका गोटी बन्नेहरु एकपछि अर्काे गरी नवीन रुप र शैलीमा अवतरित हुँदै जनमानसलाई भ्रमजालमा पार्न एक किसिमले सफल पनि भैरहेकाछन् ।
मध्ययुगमा चलेका र चलाईएका सामाजिक प्रभलनहरु तत्कालिन शासक वा समाजका उत्पादनहरु थिए र समयक्रम चलाइएका सामाजिक प्रचलनहरु तत्कालिन शासक वा समाजका उत्पादनहरु थिए र समयक्रममा तिनिहरुलाई सुधार गर्न यावत प्रयत्नहरु पनि हुदै आएकाछन् । भारतवर्षमा विशेषगरी दक्षिणी राष्ट्र भारतमा प्रचलनमा ल्याइएका कतिपय प्रथाहरुको नेपालमा पनि सिको गर्ने काम मध्यकालमा शासन सत्ताका सञ्चालकहरुले गरेकाहुन् । त्यस्ता कुप्रथाहरु नेपाल भारतमा मात्र हैन जापान, वेलायत, युरोपीयन राष्ट्र र अमेरिकामा समेत व्यापक मात्रामा थिए र अफै पनि स्वेत र अस्वेत बीचकोभेदभाव ति राष्ट्रहरुमा रहि आएकोछ । ४० को दशक संम अमेरिकामा यस्ता वस्ती एवं स्कुलहरु थिए की जहा सेता जाति वाहेक अरुलाई निषेध थियो । युरोपीयन राष्ट्रहरु र अमेरिकामा भएका जति कुप्रथाहरु थिए र यद्यपी यदाकदा रहिआएकाछन् ।
तिनिहरुलाई धर्मसंग जोडेर हेर्ने प्रयास गरियो भने त्यो एक किसिमको पूर्वाग्रही प्रवृत्ति मात्र हो । नेपालमा जुन जाति प्रथा उच र निच, छुत र अछुत जस्ता विभेदकारी प्रथा सुरु भयो त्यसमा धर्मको कुनै सम्बन्ध थिएन र छैन पनि । धर्मलाई पक्षपाती सिद्ध गर्न र आफ्नो मनोस्वार्थ पूर्ण गराउने प्रायोजित तिकडम भन्दा अरु केही हैन । विशेष गरी भारतवर्षमा परापूर्वकाल देखी चल्दे आएको धार्मिक प्रचलन, रितिस्थिति आदिलाई कुनै जात विशेषको पेवा जस्तो गरी व्याख्या विश्लेषण गर्न जुन अभ्यास हुदै आएकोछ, त्यो सर्वथा गलत छ । कामको आधारमा वर्णको वर्गिकरण अन्तर्गत जातपातको कुनै स्थान रहेको पाईदैन ।
वैदिक सनातनीका विभिन्न नीतिशास्त्रहरुमा उल्लेखित कैयौ भनाईहरुले पनि यसलाई विशुद्ध रुपमा पुष्टि गरेकाछन् । जस अन्तर्गत जन्मना जायते शुद्र कर्मणा द्धिज उच्यते। बेदपाठी भवेत विप्रो ब्रहम जानाति ब्राहमण । अर्थात जन्मदा शुद्र र उच्च कार्य ग¥यो भने द्धिज हुन्छ । बेदको अध्ययन, पाठपारायण र त्यसमा उल्लेखित नीती नियमलाई अनुसरण गर्ने विप्र र बह्मको ज्ञान हुने नै ब्राहमण हुन्छ । राईवाट जन्मेका काले राई अध्ययन गर्दै सच्चरित्र स्वभावलाई धारण गर्दै डा. स्वामी प्रपन्ना चार्य भए । उनी ब्राह्मणमा रुपान्तरित भए । त्यस्तै गुरुद्ध जातीको भए पनि शास्त्रीय ज्ञान र आचरणले भरपुर भएकै कारणले डा. जगमान गुरुङलाई सवैले गुरु भनि आदर सत्कार गर्दै आएकाछन् ।
सिक्कीमका श्रीमद् भागवतका ब्याख्याता रोहितराज गुरुङलाई पोखरामा ब्राह्मणहरुले खुट्टैमा ढोगेको प्रायले देखेकै हुन् । जातले सानो र ठुलो नभै कर्म एवं ज्ञानले त्यसको मापन गर्ने ज्वलन्त दृष्टान्त हो यो । माध्यकालिन नेपाल (अहिलेको काठमाण्डौ)का राजा जयस्थिति मल्ले वि.सं. १४३७ मा भारतबाट ४ जना भट्ट ब्राह्मणहरुलाई ल्याई जात प्रथा र कामको विभाजन गरेका हुन् । त्यसभन्दा अगाडी नेपालमा छुवाछुत र जातीय भेदभाव नरहेको इतिहासकारहरुले उल्लेख गरेकाछन् । दक्षिणको छिमेकी राष्ट्र भारतमा चलिआएको सामाजिक प्रचलनबाट प्रभावित भएका जयस्थिती मल्लले नेपालमा त्यही प्रचलन कायम गर्न मानव न्याय शास्त्र रचना गरेका थिए । जसमा कुन जातीले कस्तो कामगर्ने, कस्तो पोशाक लगाउने र कस्ता घरमा वस्ने भन्ने बारेमा उल्लेख गरी त्यसलाई कानुको रुपमा लागु गरिएको थियो ।
Machhapuchhar news weekly
प्रतिक्रिया लेख्नुहोस्:-