रिदेश सुनार
स्याङ्जा जिल्लालाइ यसै पनि भलिबल खेलाडीको उर्भर भुमी मानिन्छ। नेपालको राष्ट्रिय स्तरका प्रतियोगितामा स्याङ्जा जिल्लाको खेलाडी हरुको विभिन्न क्लब तथा प्रदेशबाट उपस्थिति राम्रै हुने गर्दछ । सन्जु बिक्रम शाह, महेन्द्र श्रेष्ठ, बिजय थापा, राजन दर्लामी मगर, अमृत केसि, कमल सुनार, दिपक थापा लगायतका खेलाडी हरु स्याङ्जा जिल्लाबाट नै खेल जीवन सुरुवात गरेका खेलाडीहरु हुन्। यस्तै राम्रो तर अवसरका प्रखाइमा रहेका खेलाडी हुन् संजोग परियार ।
स्याङ्जा जिल्लाको बिरुवा गाउपालिकामा जन्म भइ २०७२/७३ साल तिर बाट कक्षा ८ मा अध्ययन गर्दै स्थानीय प्रतियोगिताहरुमा सहभागी भएका संजोग अहिले भने यदाकदा खुल्ला प्रतियोगिताहरुमा उपस्थिति देखिन थालेका छन् । साविक वडा स्तरीय तथा स्थानीय प्रतियोगिताहरुमा पुर्वी स्याङ्जामा निकै चर्चित खेलाडी संजोग परियारले २०७२ देखि ७९/८० सम्म आइपुग्दा १०० भन्दा बढी प्रतियोगिताको उपाधी चुम्न सफल रहे भने झन्डै ६०प्रतियोगितामा सर्वोकृष्ट खेलाडीका रुपमा चिनाए ।
२०८० को सुरुवातीमा भने उनी भाषा अध्ययनका लागि स्याङ्जाबाट पोखरा आए । पोखरामा पनि उनको खेल यात्रा रोकिएन। स्याङ्जा जिल्लाका सेटर देबेन्द्र परियार, स्याङ्जाका बिजय भुजेल, बिबस आले, किशान गुरुङ, सन्दीप थापा बाग्लुङका हरि पुन लगायतका खेलाडीहरु मिली उनीहरु पोखरा र आसपासका खुल्ला प्रतियोगितामा पनि उनी देखिन थाले । पुर्वी स्याङ्जा तथा तनहुँ आसपासमा निकै चर्चित खेलाडी पोखरामा भने उनी नया अनुहारको रुपमा देखिन थालिए भने प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन पनि गर्न थाले ।
केही समय अगाडि सम्पन्न अन्तरपालिका स्तरीय शुक्लागण्दकी मेयर कप २०८० मा उनी सर्वोकृष्ट खेलाडी चुनिए । त्यस्तै वालिङ् भलिबल क्लबद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा उनको प्रदर्शनले धेरै दर्शकको ध्यानलाई आकर्षित गर्यो भने संजालमा यति राम्रो खेलाडी जिल्ला तथा प्रदेशमा हुनुपर्ने जस्ता प्रतिक्रिया हरु आउन थाले ।
युनिभर्सल(अलराउन्डर) पोजिसन बाट खेल्ने संजोग परियार, गण्डकी प्रदेशकै कप्तानी समालेका हरि पाण्डे, रबि सेन्चुरी र अहिलेका चर्चित उमेश सेन्चुरी लगायतका खेलाडीपनि सोही पोजिसन बाट खेल्ने स्याङ्जा जिल्लाकै हुदा उनी अवसरको प्रखाइमा छन् ।
बिरुवा खबरकर्मी रिदेश सुनार सँग कुरा गर्दै उनले भने, “जिल्ला सँग समन्वय हुन सकेको छैन । सायद जिल्लाबाट सहभागी हुनका लागि अझै थप मिहेनत गर्नुपर्ने होला ।” ६ फिट उचाइका उनी बिभागीय क्लब APF मा अनि प्रयास भने नगरेका हैनन तर व्यक्तिगत कारणले उनी APF मा आवद्द भने हुन सकेनन्। उनी अझै पनि राम्रो अवशरको प्रखाइमा छन्।
जिल्ला भलिबल संघ स्याङ्जाका महासचिव राजेन्द्र शर्मा भन्छन्, ” संजोग परियार निकै प्रभावशाली तथा सम्भावना बोकेका खेलाडी हुन् । यद्यपि उनको खेल पोजिसनको कारणले जिल्लामा समावेश गर्न सकेका छैनौ संजोक परियार र यस्तै सम्भावना बोकेका खेलाडीहरुलाइ जिल्ला भलिबल सघंले अब हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनु पर्ब जिल्ला छनोट गर्ने र त्यस्ता खेलाडीहरुलाई अबसर दिनेछौ ।”
प्रतिक्रिया लेख्नुहोस्:-