जेठ २५, विरुवा स्याङ्जा,
स्याङजाको विरुवा गाउँपालिका वडा नंं. ३ मा हस्तकला तालिम सञ्चालन भइरहेको छ । उपाध्यक्ष महिला उद्यमशिल कार्यक्रम अन्तर्गत १० दिने गुडिया र कुशन बनाउने तालिम हो । जेठ १७ गते देखी सञ्चालन भएको उक्त तालिममा वडाको ३० जना महिला प्रशिक्षर्थीहरुको सहभागि रहेका छन्। तालिममा १० बर्ष अनुभव रहेको बिमला शर्माको प्रशिक्षणमा प्रशिक्षार्थीहरुले कुशन, डलका विभिन्न सामाग्रीहरु जस्ता हस्तकला सामाग्रीहरु बनाईरहको थियो।
तालिममा प्रशिक्षार्थीहरु उत्साह रुपमा सहभागी भई सिकिरहेका छन् । । जसले गाउँघरमा घराएसी काममा मात्र व्यस्त भइरहेकोमा थप नयाँ शिप शिक्न पाउदा खुसी व्यक्त गरिरहेका थिए । बजारमा देखिने सामाग्रीहरु आफ्नै हातले बनाउन पाउदा प्रशिक्षार्थीहरु दंग छन् । प्रशिक्षक शर्माले प्रत्येक प्रशिक्षार्थीहरुलाई सहज रुपमा सिकाईरहनुभएको थियो ।
तालिम वडा नं. ३ का अध्यक्ष मनु कुमारी रानाको संयोजकत्वमा सञ्चालन भइरहेको छ । जहा अध्यक्ष स्वयम प्रशिर्थीहरुमाझ पुगी हसौला बढाई प्रेरित गरिरहनुभएको छ । तालिम २६ गते सम्म वडा नं ३को कार्यलयमा सञ्चालन हुनेछ भने आयोजक बिरुवा गाउँपालिका वडा नं ३ रहेको जानकारी अध्यक्ष रानाले बताउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-