पोखरा
शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो ।
डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, २५–२१ ले आफ्नो पक्षमा पारेपछि नेपाल जित नजिक पुगेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौं सेटमा लम्बियो ।
निर्णायक तथा पाँचौ सेटमा एक समय ४–७ ले पछि रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई १५–१२ ले जित्न सफल भयो । एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले खेलेको सबै चार खेलमा हार भाेगेकाे थियो ।
एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदा नवौं देखि १२औं स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।
एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो । एसियाड महिला भलिबलमा अफगानिस्तान पुछार (१३औं) भएको छ । चीन र जापानले स्वर्णका लागि प्रतिस्पर्धा गर्दा आज नै भियतनाम र थाइल्यान्डले तेस्रो स्थानको लागि खेल्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-