रिदेश सुनार
नेपाली भलिबल जगतमा एउटा परिचय बनाउन सफल राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्की यतिबेला कलाकारिता क्षेत्रमा पनि देखिन थालेका छन् । यश अघि कार्की नेपाल भलिबल संघ द्वारा आयोजित NVA Cup club championship, त्यस्तै नवौ राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशबाट लगायत विभिन्न राष्ट्रिय तथा खुल्ला भलिबल प्रतियोगितामा कुशल खेलाडीको रुपमा आफुलाइ प्रस्तुत गरेका थिए।
कलाकारितामा पाइला टेक्दै गरेका बिबेक कार्कीले अभिनय गरेको माया प्रेमले सजिएको गीत सुदान्स कार्कीकाे मुजिक भिडियो मेराे पहिलाे पहिलाे माया सार्वजनिक भएको छ। भिडियोमा सबिना राउत र बालकलाकार शोरा कार्की रहेका छन् ।
उत्तम थापा मगरको रचना तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको अरेज्मेन्ट रहेको छ । क्यामरा मेन बिशाल थापा एडिटर नकुल खड्काको रहेको छ।
निर्देशक दिलिप समनले गीतको भिडियो उत्कृष्ट भएको र सबैले मन पराउनेमा आफु ढुक्क रहेको बताए । यस गीतलाई समिप इन्टर्टेमेन्टको युटुव च्यानलमा हेर्न सकिन्छ।
भिडियो -https://youtu.be/zZqgGDnjwbw?si=TPhKz5pnp6Cz_B1U
प्रतिक्रिया लेख्नुहोस्:-