काठमाडौ
नेपाली भलिबल जगत तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको किङ्स क्लब काठमाडौले दोस्रो संस्करण किङ्स कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ।
पहिलो संस्करणमा दुर्घटनामा परि ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा नेपालमा नै पहिलो पटक पार्क भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । दोस्रो संस्करण ढोरपाटन भलिबल प्रशिक्षण नया बसपार्क काठमाडौ मा श्रावण २३ गतेदेखि २७ गतेसम्म हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार, दोस्रो हुनेले १ लाख १ हजार, तेस्रो हुनेले ५० हजार ५ सय र सान्त्वना पुरस्कार स्वरुप २२ हजार साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी बिधागत पुरस्कार तर्फ सर्वोकृष्ट खेलाडीले ८ हजार, उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, डिफेन्डर, ब्लकर, प्रशिक्षक र उदयमान खेलाडीले जनही ३/३ हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-