२ श्रावण, पोखरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान महाशाखाले अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा र तस्करी सुन प्रकरणको अनुसान्धान गरिरहेको बताउदै राजनीतिक हस्तक्षेत्र नहुने उल्लेख गरे ।
‘अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा माओवादी परेपनि छुट्दैन, कोही कांग्रेस एमाले वा अन्य कुनै पार्टीको मतलब छैन । कुनै घराना, नाता र सम्बन्धको मतलब छैन, गृहमन्त्री श्रेष्ठले भने, ‘हामीलाई के मात्रै मतलब छ भने अनुसन्धान र तथ्य प्रमाणहरुको आधारमा दोषी देखिने नछुटोस् र निर्दाेष नफसोस् । यसरी सिआइबीले काम गरिरहेको छ ।’
उनले सबै प्रकरणमा दोषीसमक्ष छिटै अनुसन्धानको टोली पुगेर कानुनी कारवाहीको दायरामा ल्याउने उनले स्पष्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-