लक्षमण काप्री
आज भएको विभागीय क्लब ए पि एफ र गण्डकी प्रदेश बिचको खेल त पक्कै हेर्नुभयो होला । यो खेलले नेपाली भलिबलम दर्शक तथा गण्डकी भलिबल टिमका समर्थकहरुलाइ निकैनै सन्तुष्ट दियो । ३-०को सोझो सेटमा खेल जित्दै गण्डकी प्रदेश शिर्ष ४ स्थानमा आफ्नो स्थान ओगट्न सफल रह्यो ।
(तस्वीर हाम्रो खेलकुद)
आठौं RBB NVA कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०८० मा गण्डकी प्रदेश पुरुष भलिबल टिमका युवा स्टार रबि के.सी लगातार केल्मी प्लेयर अफ द म्याच बन्न सफल भएका छन । एउटै प्रतियोगितामा लगातार तीन पटक प्लेयर अफ द म्याच बन्ने खेलाडी कमै हुन्छन । गण्डकी प्रदेश पुरुष भलिबल टिमलाई विभिन्न स्थान उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै दबदबा कायम राखेका रबि के.सी एनभिए च्याम्पियनसिप सकिने बितिकै जापान जाने बताएका छन् । जापान पुगेपछि उनी स्वदेश फर्किने हुन या होइन त्यो समयले बताउला गण्डकी प्रदेश पुरुष भलिबल टिमका होनहार खेलाडी घनश्याम चौधरी किरण गुराउ जस्ता खेलाडी हरु स्वास्थ्य समस्याका कारण यतिबेला घरमा रहेका छन।
(तस्वीर हाम्रो खेलकुद)
गण्डकी प्रदेश पुरुष भलिबल टिमले काठमाडौंमा जारी एन भिए कपमा यो सफलता हासिल गरिरहदा उनिहरुको मनमा कहिले मैदान उत्रिउला भन्दै मन पोल्दो हो । पछिल्लो समय साच्चै नै भन्ने हो भने भलिबल प्रेमीहरुले घनश्याम र किरण लाई बिर्सदै गरेका छन त्यसै गरि घनश्याम किरण लगाएत गण्डकी प्रदेश भलिबलमा दशक बिताएका टिम क्याप्टेन हरि पाण्डे राजन दर्लामी सुजन चोखाल लगाएतका खेलाडी हरु पनि खेलबाट रिटार्ड हुने अबस्थामा आईसकेका छन् । आफ्नो प्रदेश लाई एक दशक भन्दा बढि विभिन्न प्रतियोगितामा उपाधि दिलाउन रगत पसिना र भबिष्य बनाउन छोडेर भलिबल खेलमा लागेका यी खेलाडी हरुलाई देख्दा उनिहरुको उमेर सङ्गै परिवार चलाउने जिम्मेवारी आफ्नो काधमा आउदा भबिष्य अन्यौल रहदा पक्कै पनि युवा अबस्थाका रबि के.सीको मन पोल्नु स्वभाबिक हो।
भबिष्यको बारेमा जस्लाई पनि चिन्ता हुन्छ पक्कै पनि रबि गण्डकी प्रदेश पुरुष भलिबल टिममा नभए उनको स्थान ओग्ने खेलाडी जन्मिन एकदमै समय लाग्छ। उनी गण्डकी प्रदेश पुरुष भलिबल टिमका खम्बा र गेम चेन्जर हुन भन्दा केहि फरक नपर्ला । भलिबल खेलाडीको भबिष्य सुनिस्चित गर्न खेलाडी जोगाउने कस्ले ? त्यो अहिलेसम्म अन्योलको बिषय छ। एकपटक सोच्ने बेला आएको रबि जापान जादै छन। गण्डकी प्रदेश भलिबलमा दशक बिताएका हरि पाण्डेल राजन दर्लामी घनश्याम चौधरी सुजन चोखाल किरण गुराउ लगाएतका खेलाडी हरुले मेडल प्रमाणपत्र बाहेक के लिएर रिटायर्ड हुदैछन? अधिकांश भलिबल खेलाडीले जानेको भलिबल खेल्न र प्रशिक्षण गराउन मात्रै भन्दानी फरक नपर्ला। उनिहरुको घरमा थन्किएर बसेको प्रमाणपत्र भोलिको दिनमा बिक्ने हो होइन? केही थाहा छैन बिना तलब भत्ता सुबिधा गण्डकी प्रदेश भलिबल लाई यो स्थान सम्म ल्याउन एक दशक भन्दा बढि समय खर्चिएका खेलाडी तथा अफिसियल र भलिबल कर्मीका पिडा धेरै छन।
नेपाली घरेलु भलिबलमा एकछत्र राज गरिरहेको गण्डकी प्रदेश पुरुष भलिबल टिमको समस्याको समाधान कस्ले गरिदिने हो? यो प्रश्न कहाँ र कस्लाई सोध्ने थाहा छैन काठमाडौ दशरथ रङ्गशाला त्रिपुरेश्वर कभर्डहलमा जारी आठौं RBB NVA कप पुरुष भलिबल च्याम्पियन २०८० मा क्वाटरफाइनल खेलमा एपीएफ क्लबलाई ३-० को सोझ सेटमा पराजित गर्दै उपाधिका लागि दाबेदारि प्रस्तुत गर्दै गण्डकी प्रदेश पुरुष भलिबल टिमले सेमिफाइनलको यात्रा तय गरेको छ।
त्रिपुरेश्वर कभर्डहलमा गण्डकी प्रदेश पुरुश भलिबल टिमले हजारौं समर्थकको साथ र माया पाएको दर्शक माझ निकै लोकप्रिय बनेको यो टिमले आगामी दिनहरुमा सबैकोधेरै साथ पाईराखोस भलिबल खेलाडी लाई भलिबल खेलेर परिवार चलाउन र भबिस्य सुनिश्चित गर्न बाताबरण मिलोस यहि शुभकामना छ।
(लक्षमण काप्री पछिल्लो समय नेपाली भलिबल खेललाई संजालमार्फत प्रचार गरिरहेका छन् भने गण्डकी भलिबल संघको सदस्य तथा प्रचार प्रसार संयोजक पनि रहेका छन्।)
प्रतिक्रिया लेख्नुहोस्:-