बिरुवा खबर ।
गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनमा निधन भएको छ ।
उनी मंगलबार राती अन्दाजी ११ बजे दुर्घटनामा परेर निधन भएको प्रदेश भलिबलका कोषाध्यक्ष जिवन भण्डारीले जानकारी दिएका छन् । सन्तोष वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागि भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किरहेको अवस्थामा अचानक मोटरसाइकल दुर्घटनामा परेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भण्डारीले जानकारी दिए । उनी चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका थिए ।
भलिबलका ओपन स्पाइकर २२ वर्षिय थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा निरन्तर सहभागि थिए ।
उनले करिव एक वर्ष शसस्त्र प्रहरीको एपिएफ क्लवबाट समेत खेलेका थिए । “उनी सम्भावना भएका खेलाडी थिए । हामीले गण्डकीको एक उत्कृष्ट खेलाडी गुमाउन पुग्यौं,” कोषाध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई भने–“उनको निधनले एक युवा खेलाडीको स्थानको अभाव खटकिने छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-