बिरुवा, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ६ चिन्नेवासमा चाैथाे द्वादशी मेला २०८० चलिरहेकाे छ । कृषि पर्यटन, संस्कृति र खेलकुद बिकासका लागि न्यू फ्रेन्सीप युवा क्लब भन्ने मुल नाराका साथ मंसिर ५ देखि ०९ गते सञ्चालन भैरहेकाे छ ।
हरिबाेधनी एकादशिमा व्रत बस्ने घाटहरुमा तिर्थ जाने आफ्नाे मनाेकामना पूरा हुने आस्थाका साथ भक्तजनहरु ज्याग्दिघाटमा जाने भेटघाट हुने एकअर्कामा भएकाे सामानहरु साटसाट गर्ने प्रचलन बढेकाे थियाे । टाढाबाट ज्यागदीघाटमा आउने भक्तजनको उपस्थिति विश्राम लिने ठाउहरुमा बाक्लाे उपस्थिति संगै स्थानिय कृषि बस्तुहरुकाे पनि बढ्न थाल्याे । त्यसैक्रममा चिन्नेवास स्थित मुलचाैतरा ठुलाे मेला हुने थियाे उक्त स्थानकाे चाैतरा बाढिले बगाएसंगै केही माथि सुरुङ्गे चाैपारिमा २०६८ मा भव्य मेला सम्पन भएकाे थियाे । केही समय विविध कारणबस राेकिएकाे मेला पुन दाेस्राे पटक २०७८ सालमा साेही स्थानबाट निरन्तर चलिरहेकाे ७९ बर्षिय, समाजसेवी, बुद्दिजिवि रिसिराम शर्माले बताउनुभयाे ।
मेलाकाे अन्तिम दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुकाे विशेष संस्कृतिक कार्यक्रम, कार्यक्रम, मेलामा वडा स्तरिय भलिबल खेल, रस्सा कस्सी, कुर्सी दाैड, भाले पकड(छाेप्ने) आदि खेलहरु रहने क्लब अध्यक्ष टाेप बहादुर राना (सुमन)ले बताउनुभएकाे छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-