हुम बादुर गुरुङ
माघ १४, पोखरा,
पोखरामा चौथो चार भाई व्याडमिन्टन कप २०८० भव्यताका साथ सम्पन्न भएकोछ । प्रतियोगिता चार भाई युवा क्लब पोखरा १५, नयाँ गाउँले आयोजना गरेको हो । कार्यक्रम गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम गरि समापन गरिएको थियो ।
गण्डकी प्रदेश स्तरिय उक्त प्रतियोगितामा बि र सि लेबलको खेल समावेस गरिएको थियो । जसमा बि लेबलको खेलमा ४६ टिमको सहभागी रहेको थियो भने सि लेवल तर्फ भने १०३ टिम दर्ता भएको थियो । सि लेबलको यो सहभागीता गण्डकी प्रदेशमै नयाँ रेकर्ड बनेको छ ।
प्रतियोगिताको सि लेबलमा सुरेश तामाङ र नारायण मगरको जोडी प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो भने हरि गुरुङ र बम बहादुर गुरुङको जोडी द्धित्तिय स्थानमा चित्ता बुझाउन बाध्य भयो । त्यस्तै पोट सारु मगर र बुचन्द्र गुरुङ, विष्णु रिजाल र सुजन श्रीस भने तृतिय स्थान प्राप्त गर्न सफल भयो । प्रथम, द्धित्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमश ३० हजार, १५ हजार, ५÷५हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगिताको बि लेबल तर्फ भने सुन्दर बि.क. र बिमल कुमालको जोडी प्रथम स्थान प्राप्त गर्न सफल हुनुभयो । द्धित्तिय स्थानमा भने शिशिर श्रेष्ठ र समिर थापाको जोडीले चित्त बुझाउन बाध्य हुनुभयो । त्यस्तै कृष्ण सलामी र ठगेन्द्र राना, अस्विर मगर र सफल भुजेल तृतिय स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । बि लेबलको प्रथम, द्धित्तिय र तृतिय हुने प्रतियोगिले क्रमस ४० हजार, २५ हजार, ७५÷७५ सयको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताकै सर्वाेउत्कृष्ट खेलाडीमा भने बिमल कुमाल घोषित हुनुभयो । सर्वाेउत्कृष्ठ खेलाडी बिमल कुमालले गो बन्जिजम्प गर्ने टिकट प्राप्त गरेको छ । त्यस्तै Player of Tournament स्वरुप सफल भुजेललाई चारभाई क्लबको नाम र लोग भएको ट्रयाक उपाहार प्रदान गरिएका थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथिद्धारा विजेता टिमहरुलाई पुरस्कार वितरण गरिएको थियो भने पतियोगितामा आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि पोखरा १७को गो बञ्जिजम्पका सञ्चालक दुर्गा दत्त खरेल लगायत अतिथिहरुको सहभागीता रहेको थियो । प्रतियोगिता विष्णु गुरुङको संयोजकत्वमा सभापती उपाध्यक्ष सुरेश गुरुङ रहनुभएको थियो भने कार्यक्रम सञ्चालन आर्थिक संयोजक अर्जुन गुरुङले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-