माघ २९, स्याङ्जा
स्याङ्जाको विरुवा गाउँपालिकाले चौथो राष्ट्रपति रानिङ शिल्ड प्रतियोगीता २०७९ सम्पन्न गरेको छ । वडा नं ८ मा रहेको पुष्पमदन खेल मैदानमा पूर्व मन्त्री माननिय किरण गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो । प्रतियोगिता ३ दिन सञ्चालन भएको थियो । प्रतियोगितामा नवज्योति मा.वि. ६० अंक ल्याई चौथो राष्ट्रपति रानिङ शिल्ड २०७९ बिजेता बनेको छ । त्यस्तै भुरुमचौकी मा.वि. ६० अंक नै प्राप्त गरी द्धित्तिय, विरुवा मुनलाई ३२ अंकको साथ तृतिय तथा अरनिको मा.वि. २१ अंकका साथ सान्त्वना स्थान प्रप्त गर्न सफ भयो ।
प्रतियोगितामा छात्रा, छात्र सय मि. दौड, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, रिले दौड, हाईजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटफुट, भलिबल खेलहरु समावेस गरिएको थियो । प्रतियोगिता विरुवा गाउँपालिकाको आयोजनामा गरिएका होे । त्यस्तै भुरुङ् चौकी मा.वि. कार्यक्रमको संयोजकको भूमिकामा रहेको थियो ।
सोही प्रतियोगिताको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्षा सुर्य बहादुर कँुवरको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रम सञ्चालन भूरुङ चौकी मा.वि.का शिक्षक ढाकाराम न्यौपाने रहेको थियो ।
प्रतियोगिताको समापन समारोहमा मेथाभुरुङ्ग सामुदायिक भवनको पनि प्रमुख अतिथि माननिय किरण गुरुङले दियो बाली, शिलाको पर्दा उघारी उद्घाटन गरिएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-