रिदेस सुनार
स्याङ्जा जिल्लाको हरिनास गाउपालिकामा छैटौं संस्करणको पलिका अध्यक्ष कप सम्पन्नभएको छ। फागुन १७ बाट हरिनास गाउपालिका वडा नं ४ को प्राङ्गण रोदिखोलामा फाल्गुन १९ गते गाउपालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
महिला पुरुष र भेन्ट्रान्स गरि ३ बिधा मा चलेको प्रतियोगितामा ७ वडाको समान ३/३ टिम गरि २१ टिमको सहभागीता रहेको थियो । पुरुष भलिबल तर्फ हरिनास ५ ले हरिनास १ लाई २-० को सोझो सेटमा जित निकालेर प्रथम स्थान ओगटेको थियो भने हरिनास ३ र हरिनास ४ ले क्रमश चौथो र सान्त्वना स्थान प्राप्त गरेको थियो ।
महिला भलिबल तर्फ हरिनास ५ ले हरिनास ७ लाई २-० को सोझो सेटमा जित निकालेको थियो भने हरिनास २ र १ ले क्रमशः तेस्रो र सान्त्वना स्थान ओगटेको छ।
भेन्ट्रान्स तर्फ हरिनास ४ प्रथम,हरिनास ६ दोस्रो हरिनास २ तृतीय र वडा नं ५ ले सान्त्वना स्थान ओगटेको छ
विधागत तर्फ वेष्ट सर्भर हरिनास ५ का रोहित राना, वेष्ट सेटर हरिनास ४ का विमल क्षेत्री वेष्ट स्पाइकर हरिनास १ का रेशम खाती क्षेत्री, वेष्ट ब्लकर हरिनास ३का सुसील पोखरेल, वेष्ट डिफेन्डर हरिनास १ का सञ्जित थापा र हरिनास ५ का विसाल थापा सर्वोकृष्ट खेलादी चुनिए ।
त्यस्तै महिलातर्फ वेष्ट सर्भर वडा नं ५ का वसन्ती थापा, वेष्ट सेटर वडा नं ५का दशरा थापा वेष्ट स्पाइकर वडा नं ५का मनु थापा, वेष्ट ब्लकर वडा नं ७ का अनिसा शाही, वेष्ट डिफेन्डर वडा नं ७ का विन्दु दुङ्गाना र हरिनास ५ का उजेली मानन्धर सर्वोकृष्ट चुनिएका थिए ।
रेफ्री नै उत्कृष्ट कोच
छैटौं अध्यक्ष कप २०८०मा उत्कृष्ट कोचमा भने केही फरक नतिजा देखिएको थियो । हरिनास गाउपालिका द्वारा आयोजित उक्त प्रतियोगितामा रेफ्री संयोजकको भुमिका समालिरहेक शुरेश आलेले हरिनास ७ को महिला भलिबल टिमको प्रशिक्षक पनि समालिरहेका थिए । एउटै प्रतियोगितामा एक व्यक्ति नै प्रशिक्षक र निर्णायक(रेफ्री)को भुमिकामा कम नै देखिने गरिन्छ तर उनी भने दुबै भुमिकामा देखिए । सामान्यतया आफ्नो टिमलाइ उपाधि दिलाउने प्रशिक्षकलाई उत्कृष्ट प्रशिक्षक चुनिने गरिन्छ यद्यपि बिजेता टिमको मुख्य प्रशिक्षकको अनुपस्थितीमा उपबिजेता टिमको प्रशिक्षकलाइ उत्कृष्ट प्रशिक्षक दिइने गरिन्छ जुन केही समय अगाडि रुपन्देही मा सम्पन्न ढुन्दी थरुनी कपमा नवलपुर बिजेता हुदा नवलपुरका मुख्य प्रशिक्षकको अनुपस्थितीमा उपबिजेता बाग्लुङका सुरेन्द्र केसि उत्कृष्ट प्रशिक्षक चुनिएका थिए। तर हरिनासमा भने पुरुष तर्फको टिमलाई पहिलो चरणमै बाहिरिएका टिमका प्रशिक्षक तथा महिला तर्फ दोस्रो स्थानमा आएका टिम प्रशिक्षकले उत्कृष्ट प्रशिक्षक बनेका थिए जुन आफैमा लज्जास्पद बिषय हो ।
हरिनास गाउपालिकाको आयोजनामा जारी उक्त प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम हुनेले ७५ हजार दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ३० हजार प्राप्त गरेका छन् । त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थानमा आउनेले २० हजार प्राप्त गरेका छन् । त्यस्तै ३५ बर्ष भन्दा माथी उमेर समुहको प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थानमा आउनेले २० हजार प्राप्त गरेको कार्यक्रम संयोजक तथा हरिनास ४ का वडा अध्यक्ष सन्त बहादुर थापाले बिरुवा संवाददातालाई जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-