रिदेस सुनार
स्याङ्जा जिल्लाको हरिनास गाउपालिकामा छैटौं संस्करणको पलिका अध्यक्ष कपको उद्घाटन भएको छ। हरिनास गाउपालिका वडा नं ४ को प्राङ्गण रोदिखोलामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा गाउपालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष इन्द्र कुमारी थापा राना, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, हरिनास गाउपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, स्थानीय क्लबका अध्यक्ष लगाएतको आतिथ्यतारहेको थियो । कार्यक्रममा गाउपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए।
आजको पहिलो खेल महिला तर्फ हरिनास ६ र हरिनास ४ बिचको खेलमा हरिनास ६ ले २-० को सोझो सेटमा जित निकालेको छ। त्यस्तै प्रौढ भलिबल तर्फ हरिनास ४ र १ बिचको खेलमा हरिनास ४ ले २-० को सोझो सेटमा आफ्नो जित निकालेको छ भने पुरुष भलिबल तर्फ हरिनास ५ र ६ बिचको खेलमा २-० को सोझो सेटमा वडा नं ५ बिजय भएको छ।
हरिनास गाउपालिकाको आयोजनामा जारी उक्त प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम हुनेले ७५ हजार दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ३० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थानमा आउनेले २० हजार प्राप्त गर्नेछन् । त्यस्तै ३५ बर्ष भन्दा माथी उमेर समुहको प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थानमा आउनेले २० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक तथा हरिनास ४ का वडा अध्यक्ष सन्त बहादुर थापाले बिरुवा संवाददातालाई जानकारी दिए ।
३ दिन चल्ने उक्त प्रतियोगितामा हरिनास गाउपालिकाका ७ वटा वडा बाट समान ३/३ टिम गरि २१ टिमको सहभागीता रहने छ।
प्रतिक्रिया लेख्नुहोस्:-