हुम बहादुर गुरुङ
फागुन ६, स्याङ्जा,
स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ तुलसीचौरमा आयोजित पुरुष भलिबलको उपाधी राङ्खोला युवा क्लबले हासिल गरेको छ । क्लबको ३७औं बार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । विगत लामो समयको अन्तरालमा क्लबले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रमुख अतिथि विरुवा गाउँपालिका पालिका अध्यक्ष सुर्य बहादुर कँुवारको प्रमुख आतिथ्यतामा भलिबल रेफ्रीलाई बल हस्तान्तरण गरी फाईनल खेल सञ्चालन गरिएको थियो । प्रतियोगितामा दोस्रो तथा तेस्रो उपाधी भने आयोजकले प्राप्त गर्न सफल भएको थियो । त्यस्तै भेट्रान्स भलिबल तर्फ भने संगम युवा क्लब दारा प्रथम तथा सुर्यमुखी युवा क्लब द्धित्तिय स्थान प्राप्त गर्न सफल भएको थियो । पुरस्कारहरु क्रमस प्रथम, द्धित्तिय र तृतिय क्रमस ५० हजार, ३५ हजार २० हजार रहेको थियो भने भेट्रान्स तर्फ २० हजार र १२ हजार नगद पुरस्कार रहेको थियो ।
कार्यक्रमा पूर्व राष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेशका प्रशिक्षक रमेश के.सीलाई भलिबल क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । त्यस्तै भू.पू भलिबल खेलाडीहरुलाई लिल बहादुर गुरुङ र ढक बहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो । त्यस्तै खेलमैदानको लागी जग्गा दाताहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानकै क्रममा गाउँको चिनारी म्यूजिक भिडियोको सब्द शंकलक तथा क्लबमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने क्लबको सचिव बल बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथि पालिका प्रमुख प्रशासकीय अधिकृत अनन्त राज न्यौपाने तथा जिल्ला भलिबल संघ स्याङ्जाका अध्यक्ष विरेन्द्र खड्का, अतिथिहरु वडा नं. २ सदस्य राम माया गुरुङ र सावित्री परियारको उपस्थितिमा क्लको सचिव बल बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरी समापन गरीएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-