माघ १४, पोखरा,
पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश च्याम्पियन भएको छ ।
पोखरा रंगशाला भएको फाइनल खेलमा एपिएफ क्लबलाई पराजित गर्दै गण्डकी च्याम्पियन भएको हो ।
पहिलो सेट १६–२५ ले गुमाएको गण्डकीले उत्कृष्ट पूनरागमन गर्दै विजयी भएको हो । दोस्रो सेट २५–१८, २५–१९ले गण्डकी जितेको थियो भने चौथो सेट भने एपिएफले २२–२२ बराबरी पछि उत्कृष्ट खेल प्रद्धर्शन गर्दा २६–२८ले सेट गुमाउँदा खेल पाचौं सेटमा धकेलिएको थियो ।
निर्णायक तथा पाचौ सेटमा भने गण्डकीले १५–८ ले एपिएफलाई पराजित गर्दै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन भएको हो । पहिलो संस्करणमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
महिलातर्फ भने त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।
महिलातर्फ भने त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।
महिला तर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३– १ को सेटमा पराजित गर्दै पुलिस तेस्रो हुन सफल भएको हो । पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-