पोखरा, २३ भदौ
पोखरा १० नहरमार्गस्थित तमु धिं नेपालमा आवद्ध अत्यन्तै सक्रृय समाज तनहु तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले उद्घाटन गर्नुहुदै तमुहरुको एकता, अग्रगति, सामुदायिक अधिकार प्राप्तिका लागि सचेतताका साथ जुट्नुपर्नेमा जोड दिनुभयो। उहाँले तनहु तमु समाजको आन्तरिक एकता, सामाजिक एवम साँस्कृतिक विकासका लागि योगदान उदाहरणीय भएको भन्दै प्रसंसा गर्नुभयो। कार्यक्रममा सल्लाहकार एवम पुर्व अध्यक्ष प्रेमचन्द्र गुरुङ र ज्ञानसिंह गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो भने समाजमा आवद्ध भएका नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण, एसइइ र १२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मान, घाँटुसरीहरु र ट्होटेंमा सहभागी साना साना बाबुनानीहरुलाई पुरस्कृत गरिएको थियो। समाजका सचिव लेखबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टुकबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल गरी पारित गरिएको थियो। समाजका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिर्थबहादुर गुरुङले स्वागत र सचिव लेखबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-