हुम बहादुर च्हाक्ली तमु
पाैषा १५, स्याङ्जा । तमुहरुकाे महान पर्व मुप्ह्री ल्हाेसार भव्य रुपमा बिबिध कार्यक्रम गरि मनाएकाे छ । १२ वटा बर्गहरुमा प्रत्येक वर्षा बर्ग फेरिन्छ । बर्ग फेर्नुलाई गुरुङ भाषामा ल्हाे ताेव, ल्हाे सरिव ल्हाे स्यारब ठाउँ विशेष अनुसार शब्द फरक गरिन्छ । समग्रमा एउटा बर्गबाट अर्काे बर्गमा सर्ने समयलाई नै ल्हाेसार मानिन्छ । १२ बर्षपछि फेरि साेहि बर्ग सुरु हुनेगर्दछ १२ वर्गभन्दा अरु बर्गहरु नहुने कारणले ल्हाेसार भनिएकाे हाे। हाल तमु समुदायमा ल्हाेछार शब्द पनि मिश्रित छ जुन अर्थ नया अर्काे बर्ग थपिएकाे हुनुपर्दछ र छारकाे अर्थ साबित हुनेछ। तमु बर्गहरु १२ बर्ग भन्दा अरु बर्ग नआउने कारण ल्हाेसार नै भनिएकाे हाे । ल्हाेसार ठाउँ विशेष अनुसार संसारभरका तमु तथा गैरतमुहरुले भव्यरुपमा हि ल्हाे बिरालाे बर्गलाई बिदाई मुप्ह्री ल्हाे गिद्व बर्गहरुलाई स्वागत गरि भव्य रुपमा ल्हाेसार मनाएकाे छ ।यसैगरी श्री शिव जन जागृती युवा क्लबकाे २६अाै बार्षिकाेत्सबकाे अवसरमा साबिक वडास्तरिय पुरुषा भलिबल प्रतियोगिता सञ्चालन गरिएकाे छ । प्रतियाेगिताकाे दाेस्राे दिन पाैषा १५ गते पहिलाे खेल सङ्ग्रिला युव क्लब बिरुद्ध आयाेजक बिचकाे खेलमा संग्रिला दाेस्राे चरणनमा प्रवेस गरेकाे छ । त्यस्तै आयाेजक बिरुद्ध सिगारकाेटमा सिगारकाेट, छापा बिरुद्ध आयाेजकमा छापा, छप्रेक बिरुद्ध तेज बहादुर कृषि फर्ममा छाप्रेक, राम्चे बिरुद्ध मालागिरीमा राम्चे, कुसुनभङ्ज्या बिरुद्ध तलथाेकमा कुसुनभञ्ज्याङ दाेस्राे राउनमा प्रवेस गर्न सफल भएकाे छ भने भाेलि सम्पुर्ण सहभागी हुने टिमहरुलाई समयमै उपस्थित भैदिनुहुन क्लब अध्यक्ष दिपक गुरुङले जानकारी गराउनुभएकाे छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-