चैत्र १५, पोखरा
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको तेह्रौ राष्ट्रिय पार्षदसभा पोखरामा हुने भएको छ । पार्षदसभाले तमु गुरुङ भाषालाई सरकारी कामकाजका भाषा घोषणा तथा आव्हान, तमु भाषामा तमु थाकथलोको नाम पुनस्थापाना ऐतिहासिक पहिचानको संरक्षण अभियानलाई आत्मसाथ गर्दै चैत्र १८ र १९ तेह्रौ राष्ट्रिय पार्षदसभा सम्पन्न हुने जानकारी पत्रकार सम्मेल गरी गराएको होे ।
पार्षद सभामा देशैभरिका विभिन्न जिल्ला तथा प्रदेश समितिहरु, विशेष सदस्य संगठन, तमु संघसंस्थाहरु, केन्द्रिय सल्लाहकारहरु, निर्देशन तथा अनुगमन समिति सदस्यहरु गरि करिव ६०० जन प्रतिनिधिहरुको सहभागितामा कार्यक्रमको तयारी भैरहेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद अध्यक्ष कर्ण बहादुर गुरुङ्ले बताउनुभयो ।
दुई दिनसम्म चल्ले उक्त कार्यक्रम चैत्र १८ गते चिप्लेढुंगाबाट झाँकी ¥याली सुरु भई बजार परिक्रमा गरि सिटिहलमा पुगी कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।
तमु (गुरुङ० जातिको समाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक अधकारका विषयमा संधिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका संविधान परिकल्पना गरेर राज्यको विकासमा संस्थाको धारणहरु निर्माण गर्ने विषयमा महत्वपूर्ण नितिहरु पारित गर्ने जानकारी अध्यक्ष गुरुङले दिएनुभयो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-