हुम बहादुर गुरुङ (च्हाक्ली तमु)
चैत्र २०, पोखरा,
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको १३औ केन्द्रिय पार्षदसभा गण्ठकी प्रदेशको राजधानी पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । तमु (गुरुङ) भाषालाई सरकारी कामकाजको भाषा घोषण, हाम्रो आव्हान, मातृभाषामा तमु थाकलोको नाम पुनस्र्थापना र ऐतिहाँसिक पहिचानको संरक्षण हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पन्न भएको थियो । चिप्लेढुङ्गाबाट हजारौको उपस्थिमा झाँकी तथा ¥याली प्रदर्शन गर्दै सभागृहको सभाहलमा पुगी कार्यक्रममा सहभागी भएको थियो ।
गण्डकी प्रदेशको प्रमुख माननीय पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा पानसमा दियो बालि कार्यक्रमको समुद्घाटन गरिएको थियो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश सरकारका समाजिक विकास मन्त्री माननिय पञ्चराम गुरुङ, प्रदेश सभा सदस्य माननिय सरस्वती गुरुङ, माननिय रेखा गुरुङ, सहसचिव मिना गुरुङ, नेपाल प्रहरी डिआईजी बुद्धिराज गुरुङ, कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङ लगायको उपस्थिति रहेको थियो । भार्षद सभामा देशभरका ५३ जिल्ला, ७ वटा प्रदेश समिति, ३ वटा भातृ संस्था, २ वटा विशेष संस्था र १७ वटा अनुसुची ७ संग सम्बन्धित संस्थाहरुबाट गरी ३८५ जना प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
पार्षदसभाले अघिल्लो वर्षहरुमा भएको घाषणपत्रहरुको कार्यानवयन गर्न विभिन्न कार्यक्रम तय गर्ने निर्णय गरेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाकोरुपमा लागु गर्न र गण्डकी प्रदेशभिर रहेको विद्यलायहरुमा पठनपाठनको लागी बजेट विनियोजन गर्न प्रदेश सरकारलाई दवाव दिने निर्णय गरिएको छ लगायत ९ बुदे निर्णयहरु पारित गर्दै कार्यन्वयन गर्नको लागी विभिन्न तबरबाट छलफल, पहलकदमी गरिनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-