पोखरा १२ असोज , तामाङ बौद्ध सेवा समिति पोखरा–१३, संगमटोलको १२औं अधिवेशन तथा ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। ।अधिवेशनले विष्णु योञ्जन तामाङको अध्यक्षता सहित १५सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा अमर घरा,सचिव शान्ति तामाङ,सह सचिव बुद्धिमाया तामाङ,कोषाध्यक्ष हर्कसुबा न्हेगी,सदस्यहरुमा बोस बहादुर पाख्रिन,शेर बहादुर स्याङबो,लिला तामाङ,आस बहादुर स्याङबो,चित्र बहादुर थिङ,धनराज डिम्डुङ,तिर्थमाया लामा,राम बहादुर लोप्चन र डिलप्रसाद तामाङ रहेका छन्।कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले दीप प्रज्वलन गरि उद्घाटन गर्नुहुँदै भन्नुभयो,आदिवासी जनजातिहरु हरेक कुराले समृद्ध भएता पनि देशको प्रशासनिक क्षेत्रमा पहुँच पुर्याउन भने पछाडि नै रहेको वास्तविकता प्रस्ट्याउनुभएको थियो,तामाङ बौद्ध सेवा समितिमा आज चुनिने नयाँ समितिको नेतृत्वले अब यो समाज मात्र होइन राजनीतिमा पनि होमिएर देश हाँक्ने हिम्मत राखोस् वहाँले बताउनुभयो।कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दीपक वाईबा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका सचिव मिनमाया तामाङ,बुद्ध जयन्ती समारोह समिति कास्कीका अध्यक्ष टेक बहादुर तामाङ,संस्थाका सल्लाहकार ताम्बा ना.सु.रामप्रसाद सम्देन,घेदुङ महननगर पोखराका सचिव अन्जना डुम्जन,तामाङ बौद्धसेवा समितिका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो,बुद्धि बहादुर रुम्बा,आमा समुहकी अध्यक्ष सीता सम्देन लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।उक्त कार्यक्रममा सचिव पवित्रा तामाङले संस्थाको वार्षिक कार्यप्रगती प्रतिवेदन र कोषाध्यक्ष बुद्धि तामाङले आ.व. २०८०/०८१को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको र उक्त प्रतिबेदन भेलाले अनुमोदन गरेको थियो।शेरजङ लामाको स्वागत मन्तव्य,सचिव पवित्रा तामाङको संचालन रहेको कार्यक्रमको प्रथम शत्र समापनसँगै अध्यक्ष विष्णु योञ्जनले पुरानो कार्यसमिति विघटन गर्नुभएको थियो।१२औं अधिवेशनका लागि भने ५ जनाको निर्वाचन मण्डल जसमा संयोजक अग्रज ताम्बा ना.सु. रामप्रसाद सम्देन,सदस्यहरुमा टेक बहादुर स्याङ्बो,अन्जना तामाङ र केस बहादुर थिङ हुनुहुन्थ्यो भने सहजीकरण मिनमाया डुम्जनले गर्नुभएको थियो। नवनिर्वाचित तामाङ बौद्ध सेवा समितिका पदाधिकारीलाई संयोजक रामप्रसाद सम्देनले सपथ ग्रहण गराउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएकोथियो। आफू दोस्रोपटक पून नियुक्ति हुँदैगर्दा अझै बढी जिम्मेवारी र चुनौती आभास भएता पनि आफ्नो समुदायको निम्ति कर्तव्यनिष्ठ भएर अघि बढ्ने कुराको प्रतिबद्धता अध्यक्ष विष्णु योञ्जनले जाहेर गर्नुभएकोथियोे।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-