पोखरा
हुम बहादुर गुरुङ
तनहुँमा आयोजना गरिएको तेस्रो शुक्लागण्डकी महोत्सव २०८० सम्पन्न भएको भएको छ । कला, सीप र संस्कृको संरक्षण भन्ने मुल नाराका साथ माघ २६ देखी महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न कार्यक्रमका साथै विविध खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको थियो । खेलकुदमध्ये अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधी भने बिरुवा गाउँपालिकाले चुम्न सफल भएको छ । त्यस्तै शुक्लागण्डी नगरपालिका, दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो, भने पुतलीबजार नगरपालिकाले तेस्रो स्थान र हरिनास गाउँपालिका सान्त्वना स्थान प्राप्त गर्न सफल भएको भयो । प्रतियोगिता विजेतालाई क्रमश २ लाख, १ लाख, ५० हजार, २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा विरुवा गाउँपालिकाका संजोक परियार सर्वाेउत्कृष्ट खेलाडी घोषित भएको थियो । सर्वाेउत्कृष्ट खेलाडीलाई नगद ५ हजार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । वेष्ट स्पाईकरमा भने इश्वर सुनार शुल्कगण्डकी, वेष्ट सेटर मिलन राना (टुप्पी) बिरुवा गाउँपालिका, वेष्ट सर्भर सञ्जुविक्रम शाहा, पुतलीबजर नगरपालिका, वेष्ट ब्लकर लेशन गुरुङ पुतलीबजार नगरपालिका, वेष्ट डिफेन्डर जीत गुरुङ बिरुवा गाउँपालिकाका खेलडीहरु घोषित भएको थियो । विधागत घोषित खेलाडीहरुलाई नगद २ हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगिताकै सर्वाेउत्कृष्ट प्रशिक्षक भने विरुवा गाउँपालिकाका गणेश गुरुङ घोषित हुनुभयो । सर्वाेउत्कृष्ट प्रशिक्षकलाई नगद २ हजार सहित मेडल र प्रमाण पत्रले सम्मान गरिएको जानकारी खेल संयोजक अमृत घिमिरेले जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-