असोज ३, पोखरा । मिलन ग्रुप अफ नेपालका संस्थापक, तमु धीं नेपालका संरक्षक, समाजसेवि दुर्गा बहादुर गुरुङ (मिलन)ले तमु सञ्चारकर्मीहरुको प्रोत्साहनका निम्ति अक्षय कोष स्थापना गर्नुभएको छ।
हङकङ हङ्कङ निवासी मिलनले नेपाल भ्रमणका क्रममा १ लाख ५१ हजार राशिको अक्षयकोष दुर्गा मिलन तमु सञ्चारकर्मी प्रोत्साहन अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोष रकमबाट प्राप्त ब्याजले दुई वर्षको अन्तरालमा एक जना तमु सञ्चारकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ कोष स्थापना भएको तमु सञ्चारकर्मी संघ कास्की शाखाका अध्यक्ष युग गुरूङले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-