पोखरा महानगरपालिका वडा नम्बर ३ नारायण स्थान स्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भुमी स्पर्श धातुको बुद्धको मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहका विच प्रतिष्ठा पुजा सम्पन्न भएको छ ।
दिंवगत श्रीमती चन्द्रवती उदासको स्मृतिमा पति राधेश्याम उदास तथा छोरा बुहारी गौतम उदास, शान्ती श्रेष्ठ उदास, एवम उदास परिवारले भगवान बुद्धको मूर्ति सौजन्य प्रदान गर्नुभएको हो ।
मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा पुजा कार्यक्रममा परियती उदय विहारका प्रमुख, विमल धम्म मैत्री संघका अध्यक्ष राधेश्याम उदास र पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदासले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुरुवात गर्नुभएको हो ।
कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, श्री लक्ष्मी नारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्रलक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए ।
वि.सं. १९६० को दशक तिर स्व. रत्नमान खरदारले जिर्णोद्धार गरेको चैत्य वि.स.२०५२ सालमा पुर्ननिर्माण भएको थियो । साथै चैत्यको संरक्षण , संर्वद्धन र भगवान बुद्धको व्यवहारिक शिक्षालाई प्रचार प्रसार गर्न २०५३ सालमा मैत्री संघको स्थापना भएको थियो । मैत्री संघले निशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-