कात्र्तिक १०, पोखरा
धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् ।
गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।
तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनीसम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएकाे भन्ने जानकारी पाएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरूङले बताए । उनका अनुसार आजका खेलहरू स्थगित गरिएको छ ।
मनोजले बागमती प्रदेशको भलिबल टोली, टिप टप हेल्प नेपाललगायत विभिन्न क्लबबाट घरेलु भलिबल खेल्दै आएका थिए। उनी राष्ट्रिय भलिबल टोली यु-२३ को छनाेटमा पनि सहभागी भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-