पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको फाइनल खेल सम्पन्न भएको छ ।
कास्की जिल्ला छन्त्याल संघको प्राङ्गणमा संचालन भैरहेको प्रतियोगीतामा । आज फाइनलको खेलमा जिएम समाज कावासोती विरुद्ध गलकोटको सेमिफाइनल खेलमा ३-१ को संघर्षपुर्ण जितसहित गलकोट स्पोर्ट्स क्लब बाग्लुङले उपाधी हात पारेको छ । त्यस्तै महिला भलिबल तर्फ ६ टिम सहभागी रहेको यस प्रतियोगितामा धादिङ स्पोर्ट्स क्लबले पुन समाज माथी ३-० को सोझो जित सँगै उपाधी हात पारेको छ ।
उत्कृष्ट बिधा तर्फ महिला तर्फ बेस्ट डिफेन्डर धादिङ स्पोर्ट्स क्लबका रस्मिता दुरा, बेस्ट सर्भरमा पुन युनाइटेडका ममता राना, बेस्ट ब्लकरमा धादिङ स्पोर्ट्स क्लबका सुमित्रा रेग्मी, बेस्ट सेटरमा धादिङ स्पोर्ट्स क्लबका जमुना गुरुङ, बेस्ट स्पाइकरमा धादिङ स्पोर्ट्स क्लबका कोपिला राना र सर्वोकृष्ट खेलाडीमा धादिङ स्पोर्ट्स क्लबकै रिमा कुवर चुनिए भने बेस्ट कोचमा धादिङ स्पोर्ट्स क्लबकै अमृत केसी चुनिएका छन् ।
त्यस्तै पुरुष तर्फ बेस्ट सर्भर जि एम समाज कावासोतीका सन्जु बिक्रम शाह, बेस्ट सेटरमा जि एम समाजका बिबश आले मगर, बेस्ट ब्लकरमा गलकोटका इन्द्र बिक, बेस्ट स्पाइकरमा जि एम समाजका किरण गुरौ, बेस्ट डिफेन्डरमा गलकोटका कुन्जन शाही सर्वोकृष्ट खेलाडीमा गलकोटका रेशम छन्त्याल चुनिए । त्यस्तै उत्कृष्ट प्रशिक्षकमा गलकोटका सुरेन्द्र के सी चुनिए।
असोज ९ गतेदेखि चलेको उक्त प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गरेका छन । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
कार्यक्रममा पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष्य कुल बहादुर छन्त्याल, अन्तराष्टिय भलिबल रेफ्री तहल शी थापा, गण्डकी प्रदेश भलिबल रेफ्री संयोजक नारायण भण्डारी लगाएतको उपस्थिति रहेको थियो भने पोखरा भलिबल प्रशिक्षण केन्द्रका महासचिव नबिन छन्त्यालले कार्यक्रम संचालन गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-