रिदेश सुनार
असोज १०, पोखरा
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको आज दोस्रो दिनमा ४ खेल सम्पन्न भएको छ। कास्की जिल्ला छन्त्याल संघको प्राङ्गणमा संचालन भैरहेको प्रतियोगीतामा आजको पहिलो खेल छन्त्याल समाज र भुक देउराली बिच भएको थियो । उक्त खेलमा ३-० को सोझो सेटमा छन्त्याल समाज बिजेता बनेको छ। त्यस्तै टिम प्रबिन र ट्रेनिङ्ग सेन्टर बिचको खेलमा ३-० को सोझो सेटमा टिम प्रविनले जित निकालेको छ । त्यस्तै जि एम समाज कावासोती र माछापुच्छ्रे गुराँसे भुमी युवा क्लब घाचोक बिचको खेलमा ३-० को सोझो सेट सहित जि एम समाज कावासोती बिजेता बनेको छ। त्यस्तै गलकोट स्पोर्ट्स क्लब बाग्लुङ र ट्रेनिङ सेन्टर कालो बिचको खेलमा गलकोटले ३-० को सोझो सेटमा जित निकालेको छन्त्याल ब्रदर्शका महासचिव तथा कार्यक्रम संचालाक नवीन छन्त्यालले बिरुवाखबरलाई जानकारी दिएका छन् । त्यस्तै कार्यक्रमको तेस्रो दिन असोज ११ गते आयोजक A र समीर सुनचाँदी पसल बिहान ८ बजे खेल्ने छन् । त्यस्तै दोस्रोखेलमा टिम टुप्पी र राङ्खोला बिछ बिहान ९:३० बजे खेल हुनेछ। छन्त्याल समाज र जि एम समाजबिचको भोलीको खेल दिउँसो १२:१५ बजे संचालन हुनेछ भने भोलीको पुरुष तर्फको अन्तिम खेल इन्फोम्याक्स र गलकोट स्पोर्ट्स क्लब बाग्लुङ बिछ दिउँसो १:३० बजे सुरु हुनेछ। असोज १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रम अध्यक्ष कुल प्रसाद छन्त्याल ‘कुशल’का अनुसार प्रतियोगिता पाँच दिन चल्नेछ। प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-