रिदेश सुनार
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको फाइनल भोलि हुने भएको छ ।
कास्की जिल्ला छन्त्याल संघको प्राङ्गणमा संचालन भैरहेको प्रतियोगीतामा । आज सेमिफाइनलको खेलमा समीर सुनचाँदी बिरुद्ध जिएम समाज कावासोतीको खेलमा ३-१ सेट को जितसहित जिएम समाज फाइनल प्रवेश गरेको छ । त्यस्तै टिम टु ब्रदर्श विरुद्ध गलकोटको सेमिफाइनल खेलमा ३-२ को संघर्षपुर्ण जितसहित गलकोट स्पोर्ट्स क्लब फाइन पुगेको छ । त्यस्तै महिला भलिबल तर्फ ६ टिम सहभागी रहेको यस प्रतियोगितामा आजको पहिलो खेल लामाचौर बिरुद्ध गुरुकुल स्कुलको खेलमा लामाचौरले जित निकालेको थियो भने सेमिफाइनलमा धादिङ स्पोर्ट्स क्लबले जित निकालेर फाइनल पुगेको छ ,त्यस्तै शान्ता माबी र पुन समाज बिचको खेलमा पुन समाज बिजेता बनेको छ र सेमिफाइनल आयोजक सँग भोलि बिहान ८ बजे खेल हुनेछ ।
असोज १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रम संयोजक मनोज खड्काका अनुसार प्रतियोगिता भोलि सकिनेछ । प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता सँगै विभिन्न सामाजिक कार्यहरु गरिरहेकोछ।
प्रतिक्रिया लेख्नुहोस्:-