रिदेश सुनार
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको सेमिफाइनलको समीकरण पूरा भएको छ।
कास्की जिल्ला छन्त्याल संघको प्राङ्गणमा संचालन भैरहेको प्रतियोगीतामा असोज ११ गते क्वाटर फाइनल तर्फ आयोजक A र समीर सुनचाँदी पसल बिचको निकै प्रतिस्पर्धात्मक खेलमा समीर सुनचाँदी पसल बिजय भएको छ । त्यस्तै दोस्रोखेलमा टिम टु ब्रदर्स र राङ्खोला मा टिम टु ब्रदर्स ले ३-० को सोझो जित निकालेको छ । छन्त्याल समाज र जि एम समाजबिचको खेलमा ३-० ले जि एम समाज र टिम प्रविन र गलकोट स्पोर्ट्स क्लब बाग्लुङ बिचको खेलमा गलकोट स्पोर्ट्स क्लब ले ३-० को सोझो जित निकालेको छ।
यो सँगै समिर सुनचाँदी पसल, टिम टु ब्रदर्श, जि एम समाज र गलकोट स्पोर्ट्स क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । आज सेमिफाइनलमा समीर सुनचाँदी बिरुद्ध जिएम समाज कावासोती र टिम टु ब्रदर्श विरुद्ध गलकोट खेल्ने छ। त्यस्तै महिला भलिबल तर्फ ६ टिम सहभागी रहेको यस प्रतियोगितामा आजको पहिलो खेल लामाचौर बिरुद्ध गुरुकुल स्कुल,त्यस्तै शान्ता माबी र पुन समाज बिच खेल हुने छ । यी दुइ खेलका बिजेताले क्रमशः धादिङ स्पोर्ट्स क्लब र आयोजक सँग सेमिफाइनल खेल खेल्नेछ ।
असोज १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रम महासचिव नवीन छन्त्याल अनुसार प्रतियोगिता पाँच दिन चल्नेछ। प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-