रिदेस सुनार
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोह सम्पन्न भएको छ।
नेपाल भलिबल संघको केन्द्रीय सल्लाहकार , तथा टाइगर ग्रुप अफ गन्दकी प्रदेश पोखराका अध्यक्ष एंवम पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायन प्रसाद शर्माको प्रमुख आतिथ्यता सम्पन्न उक्र कार्यक्रमको अध्यक्ष कुल छन्त्याल ‘कुसल’ले सभापतित्व समालेका थिए। त्यस्तै कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ, जिल्ला खेलकुद बिकाश कार्यलय कास्कीका कार्यलय प्रमुख डिबि नेपाली, छन्त्याल संघका अध्यक्ष सु. धन बहादुर छन्त्याल लगायतकोआतिथ्यता रहेको थियो ।
कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले भलिबल संघ द्वारा नियमन गरिएका नियमहरुको सबैजनाले अनुसरण गरेर खेल संचालन गर्न, गराउन सबैजनालाइ अनुरोध गरेका थिए । त्यस्तै यस्ता प्रतियोगिताको लागि सहयोग बताएका थिए। त्यस्तै कार्यक्रम पोखरा भलिबल प्रशिक्षण केन्द्रका संचालन तथा खेल संयोजक मनोज खड्का, यम गुरुङ लगाएतले मन्तव्य राखेका थिए।
कास्की छन्त्याल संघको प्राङ्गणमा संचालन भैरहेको प्रतियोगीतामा पहिलो खेल समीर सुनचाँदी पसल र गुरुकुल बिच भएको थियो । उक्त खेलमा ३-० को सोझो सेटमा समीर सुनचाँदी बिजेता बनेको छ। त्यस्तै आयोजक A र बिजि गाइज देउराली बिचको खेलमा ३-० को सोझो सेटमा आयोजकले जित निकालेको छ । त्यस्तै हलनचोक स्पोर्ट्स क्लब र राङ्खोला बिचको प्रतिस्पर्धात्मक खेलमा ३-० को सोझो सेट सहित राङ्ग्खोला बिजेता बनेको छ।
असोज १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमका उपाध्यक्ष हरि कुमार छन्त्याल अनुसार मंगलबारबाट हुने प्रतियोगिता पाँच दिन चल्नेछ। प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-