७ पोखरा, असोज
तमु (गुरुङ) सञ्चारकर्मी संघ, कास्की र तमु धिं नेपालको समन्वयमा २ दिने नागरिक पत्रकारिता तालिम आजबाट सुरु भएको छ । तमु धिं नेपालसँग आबद्ध रहेका विभिन्न समाजहरुको अध्यक्ष र सचिवहरुलाई नागरिक पत्रकारिताको महत्व सहित आफ्नो समाजहरुको गतिविधिहरुलाई सामाजिक संजालको अधिकतम उपयोग र्न सहज होस् भनी तालिम आयोजना गरिएको हो । तालिमको पहिलो दिन तमु सञ्चारकर्मी संघ नेपालको सल्लाहकार एवं तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ र बरिष्ठा संचारकर्मी शान्ती गुरुङले सहजीकरण गर्नुभएको थियो । तालिममा तमु सञ्चारकर्मी संघ नेपालको केन्द्रिय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यता र कास्की शाखाका अध्यक्ष युग गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ५० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य संघ कास्कीका उपाध्यक्ष शिला गुरुङले गर्नुभएको थियो भने संचालन सम्राट गुरुङले गर्नुभएको थियो भने कार्यक्रम तमु धिं नेपालको रोधिंहलमा सम्पन्न भएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-