पोखरा । निवारण भएको भनिएको कुष्ठरोग बास्तवमा निवारण नभएको र यो रोगबाट प्रभावितको संख्यामा बृद्धि भएको हालै प्राप्त तथ्याङ्कबाट स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७८/०७९ मा लिएको कुष्ठरोगीहरुको संख्या १ हजार आठ सय ५५ जना थिए । एकवर्ष पछि त्यो संख्या बढेर २ हजार ८ सय ८६ पुगेको छ, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरु लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी लगायतका जिल्लाहरुमा कुष्ठरोगबाट पिडित हुनेहरुको संख्या बढेकोछ । पहिला कुष्ठरोगबाट प्रभावित हुनेहरुलाई गाउँबाट निकाली एकान्त स्थलमा आवास बनाएर राख्ने गरिन्थ्यो र गाउँलेहरुले पालैपालो गरी खाद्यान्नको व्यवस्था गरिदिन्थे । त्यतिवेला उपचारको सुविधा थिएन ।
रोगले छोएपछि सन्चो कसै नहुने र अंगहरु कुहुदै खस्ने यो रोगको विशेषता भएकाले यस रोगबाट प्रभावितहरुले ठूलो शास्तीको महसुस गर्नुपरेको थियो । तर अहिले कुष्ठरोग कसलाई छ भन्ने कुरा कित प्रभावितका परिवारलाई अवगत होला नत्र भने उपचार गर्ने संस्था र डाक्टरहरुलाई भन्दा अरुलाई खासै जानकारी नहुने भएकोले रोगीहरु घर परिवारमै बसेर उपचारको सुविधाको उपयोग गर्दै आएकाछन् ।
यो रोग लाग्ने वित्तिकै पहिचान गरी उपचार हुने हो भने जटिल अवस्थामा पुग्नबाट जोगिन सकिने स्वास्थ्यविदहरुको भनाई रहेकोछ । प्रारम्भमै उपचार गर्ने हो भने १५ दिनमै रोग नियन्त्रणमा आउने उनीहरुको भनाई रहेकोछ । उपचारमा आएको नयाँ प्रविधि र औषधि समेत प्रभावकारी खालको उत्पादन भैसकेकोले यो हुन संभव भएको. हो । १५ दिनमै निराकरण हुने रोगलाई पहिला पहिला ८–१० महिनाको नियमित उपचारले पनि यो परिणाम दिलाउन हम्मे हम्मे पर्दथ्यो । कुष्ठ रोग निवारण संघ पोखरा शाखाका अनुसार गण्डकी प्रदेशमा कुष्ठरोगीहरुको संख्याको तथ्याङ्क नभएता पनि बाग्लुङमा ४ जना र नवलपरासीमा ३० जना यस रोगका विरामीहरु रहेकाछन् ।
कुष्टरोगीहरुको उपचार र हेरचाहको व्यवस्था कुष्ठरोग निवारण संघले गर्दै आएको छ । काठमाण्डौ र पोखरामा संघका आफ्नै आश्रमहरु रहेकाछन् । पोखरा १५ टुटुंगामा आरोग्य आश्रम बनाईएको छ जहाँ जेष्ठ नागरिक र विपन्न तथा बेसहारा राखिएकाछन् । त्यहाँ अहिले ११ जनालाई आश्रय दिईएकोछ । यसैगरी ठुलीमझुवामा कुष्ठ रोग प्रभावित परिवारलाई पुर्नस्थापित गरिएको छ । यस्को अलावा कुष्ठ रोग प्रभावित परिवारका १० जना बालबच्चालाई पठनपाठनको लागी छात्रवृत्तिको व्यवस्था समेत गरिएकोछ ।
Machhapuchare News Weekly
प्रतिक्रिया लेख्नुहोस्:-