जेठ १८, पोखरा
नेपाल ओलम्पियन संघको दोस्रो ओलम्पियन पुर्नमिलन कार्यक्रम पोखरामा आयोजना हुदैछ । जेष्ठ १९ देखी २१ गते सम्म चल्नेछ उक्त कार्यक्रममा देशको प्रतिनिधत्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहाभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यले पुनर्मिलन कार्यक्र आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी हुन आलम्पियनहरु जेष्ठ १९ गते पोखरा पुग्नेछ । जेष्ठ २० गते विहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम रहेकोछ । जेठ २१ गते संधको बार्षिक साधारण सभा हुनेछ । भने गण्डकी प्रदेशका खेलाडी खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम हुने प्रत्रकार सम्मेलन मार्फत जनाएको थियोे ।
नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा सहभागिता जनाउन सुरु गरेको हो । सन् १९६३ मा नेपालले अन्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को सदस्यता प्राप्त गरेको थियो । झण्डै ६ दशकको अन्रतलमा ९० जा नेपाली खेलाडीहरु ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिकमा २ जना सहभागिता जनाएको तथ्यङ छ । त्यसमध्यै १० जना स्वर्गि भईसक्नुभएको छ । केही ओलम्पियनहरु भने विदेशमा रहनुभउको जानकारी छ । हाल ५० जना बढी ओलम्पियनहरुको सहभागिता रहनेछ ।
पहिला पुनर्मिलन तथा सम्मान कार्यक्रम सफल भएसंगै दोस्रो संस्कारको कार्यक्रम आयोजनाका लागी उत्साहित भएको नेपाल ओलम्पिक संघका अध्यक्ष दीपक विष्टले जानकारी गराउनुभएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-