३ असार, पोखरा
नेपाल तामाङ घेदुङ कास्की जिल्ला समन्वय समितिद्धारा अयोजित ३ दिने फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम समपन्न भएको छ । युवाहरुलाई नेतृत्व, क्षमता विकास गराई सक्षम बनाउनको लागी तमु धिं नेपालको सभाहलमा तालिम सञ्चालन गरिएको थियो । तालिममा ६५ जना प्रशिक्षथीहरुको सहभागीता रहेको थियो भने तालिममा कास्की आवजका राष्ट्रिय दैनिकका सम्पादक, हुम बहादुर गुरुङ, गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्षा दुर्गा प्रसाद पौडेल, फोटोग्राफर संघ कास्कीका उपाध्यक्ष भक्त दुम्जन तामाङले प्रशिक्षण गराउनुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षर्थीहरुले तालिमबाट थप केही गर्न सक्ने उर्जा मिलेको बताए ।
समापन समरोहमा महानगरपालिका वडा नंं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन समारोहमा प्रमुख अतिथिद्धारा आगमी दिनमा तामाङ घेदुङले आयोजना गरिउको सिपमुलक तालिमको लागी वडाबाट सक्दो सहयोग रहने प्रतिबद्धता जाहेर गरिएको थियो
प्रतिक्रिया लेख्नुहोस्:-