हुम बहादुर गुरुङ
जेठ ३०, स्याङ्जा
स्याङ्जा विरुवा गाउँपालिका–७, कुसुम भञ्जाङको श्री जीवन ज्योति आदर्श माध्यमिक विद्यालयका विद्याथीहरु पढ्दै, कमाउदै, रमाउदै छन् । गुणस्तरिय, व्यवहारिक तथा समतामुलक शिक्षा, असल र सक्षम नागरिक उत्पादन गर्ने हाम्रो इच्छा, “कम्जोर विद्यार्थी संग शिक्षक” भन्ने मुल नाराका साथ अगाडी बढिरहेको पालिकाभरीमा एक नमुना विद्यालय हो छ ।
अभिभावहरुको भेलाबाट अनुमोदन गराई विद्यालय कार्य घण्टा विहान ६ बजे देखी बेलुका ७ बजे सम्म विद्यालय सञ्चालन हुदै आईरहेको छ । शिक्षकहरुले कक्षामा पर्याप्त शैक्षिक सामाग्रीको प्रयोग गरि अध्यापन गराईरहनुभएको छ । कक्षा कोठामा विद्यार्थीको प्रतिभा, प्रष्फुटनलाई जोड दिईरहेको छ, त्यस्तै शिक्षकको भाषण र शिक्षकले प्रयोग गर्ने बोर्ड मार्करको समय घटाई विद्यार्थीहरुलाई अवसर दिईरहेका छन् । प्रत्येक शिक्षकको कक्षामा रहेको प्रदर्शन बोर्डमा हरेक पिरियडको सामाग्री विद्यार्थी प्रवेश अगावै राखिरहेको सहायक–प्राचार्य कमल प्रसाद बराल बताउनुहुन्छ ।
विद्यालयलाई विद्यार्थीहरुको जेलखाना नभै नाच्दै, गाउँदै, खेल्दै रमाउँदै सिक्ने बाताबरण भएको बाल उद्यान बनाई विद्यार्थीहरुको विद्यालयमा रहने समय बृद्धि हुने, बाल भावना अनुरुपको स्वतन्त्र र बाल आकाँक्षा अनुरुपको Happy School को रुपमा विकास गरिदै लगिएको छ । सिमित श्रोत र साधानले पुगे सम्ममा फिन्लैण्ड र अमेरिकन मोडेलको उपयोगमा रहनेछ । Nursery देखि Class Five सम्म Grand Teaching र सो भन्दा माथि Teachers Room को व्यवस्था रहेको छ ।
कक्षामा शिक्षण सिकाईको माध्यम अंग्रेजी रहेको छ भने विद्यालयमा नेपाल, प्रदेश र स्थानिय सरकारले दिने सार्वजनिक विदा बाहेक बर्षे विदा २३ दिन मात्र रहेको छ । विद्यालयमा आवशिय सुविधा रहेको छ भने यातायात (स्कुल बस) केही समयमा सुचारु हुने बरालले बताउनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत मौरी पालन, कुदुरा पालन, चल्ला कोरल्ने(ह्याचिङ), च्याउ खेती, तरकारी खेती, वेल्डिङ, सिलाई र होटेल व्यवस्थापन, पर्ततीय पर्यटन कार्यक्रमहरु सञ्चालन भईरहेको छ । भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर विज्ञान, होटेल म्यानेजमेण्टका कक्षाहरु सञ्चालन भइरहेको छ ।
पढ्दै कमाउदै कार्यक्रममै विद्यार्थीहरुले विद्यालयको अफ्नै ५ रोपनिको जग्गामा मौसम अनुसारको कृषि खेती गरिरहेको छ हाल मकैको सिजनमा मकै लगाएको छ भने असारमा धान रोप्ने योजना भईरहेका जनकारी दिनुभएको छ । त्यस्तै विद्यालय परिसरमा विद्यार्थीहरु अफै फलमको पाईपहरुलाई ओल्डिङ गरी टनेल बनाई तरकारीहरु जस्तै टमटर, केराउ, भेन्टा आदि लगाएको छ । त्यस्तै विद्यार्थीहरुले १२ ओटा मौरीको घार पनि राखेको छ ।
विद्यालयमा कुल २८४ जना विद्यार्थीहरु रहेको छ भने २३ जना कर्मचारीहरु रहेको जानकारी प्राचार्य साम बहादुर गुरुङले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-