पोखरा । पुरुष पर्यटकहरुलाइ प्रभावमा पारी आफ्नो स्वार्थ पूर्ण गराउन खोज्ने हनिट्रयाप ग्रुप पोखरामा सक्रिय रुपमा लागेको छ । पोखरा घुम्न आउने पर्यटकहरुलाई प्रभावमा पारी लुट्ने उनीहरुको धन्दा रहेको छ । पोखरा वसपार्क वरिपरी सो ग्रुप निकै सक्रिय रुपमा रहेको पाईएकोछ । उनीहरुले पोखरा घुम्न आउने पर्यटकहरुलाई होटल मिलाई दिने र मादक पदार्थ सेवन गर्न पे्ररित गरी बेलुका कोठामा संगै वसी रतिराग गर्ने संम्मका क्रियाकलाहरु यिनीहरुबाट हुने गरेको छ । नेपाली र भारतीय पर्यटकहरु यो हनिट्रयाप ग्रुपको रोजाइमा पर्ने गरेकाछन् ।
कतिपय हनिट्रयापहरुले काठमाण्डौको एयरपोर्ट बाटै यात्रुहरुको पिछा गर्छन् र होटल खोज्ने देखी समान लागिदिन सहयोगीको भूमिका पनि खेल्दछन् । लामो समय खाडी वा मलेशियामा बैदेशिक रोजगारमा बिताएर फर्केका युवाहरुलाई यस्ता खाले युवतीहरुले प्रभावमा पारी आफ्नोे स्वार्थपुर्ती गर्दै आएकाछन् । केही दिन काठमाण्डौमा संगै बसेर र घुमफिर गरेर मात्रै नपुगी पोखरा सम्म पनि छोड्न आउने गरेको पाईएको छ । युवाहरु संगै खानपान, घुमफिर गर्दै र रमाउँदै उनीहरुबाट रकम समेत हात पार्दै पुन अन्य युवाहरुलाई पनि त्यस्तै गर्दै आफ्नो धन्दा चलाउँदै आएकाछन् । मादक पदार्थ खाँदै र खुवाउँदै युवाहरुको साथमा रहेको नगद, मोवाईल र अन्य वस्तुहरु हात पार्नु यिनिहरुको दिनचर्या रहेकोछ ।
यसै सिलसिलामा केही दिन अगाडी हनी ट्रयापमा पारी लुटपाट गर्ने दुई जना महिलालाई पुरानो वसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पोखरा–९ बस्ने १९ वर्षीय सम्झना परियार र सोही ठाउँ बस्ने १९ वर्षीय मञ्जु नेपाली थिए । उनीहरुसंग मिली पोखरा घुम्न आउने पर्यटकरुलाई ट्रयापमा पारी लुट्न बाताबरण मिलाउन सहयोगी भुमिका खेल्ने पोखरा २३ का २५ वर्षिय मौसम परियार, चितवन घर भै पोखरा–९, पृथ्वीचोक बस्ने १९ बर्षिय प्रकाश परियार र लमजुङ बेशीसहर घर भै हाल पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ पनि कास्की प्रहरीद्धारा पक्राउ परेका थिए । यसैगरी होटल होटलमा लागु पदार्थ लगी बेचविखन गर्ने जमात पनि पोखरामा सक्रिय रुपमा रहेको बताईन्छ । लेकसाईडका होटलहरुमा लागु पदार्थ लगी
बेच्ने गिरोह पनि प्रहरीको निगरानीमा आएको बताईन्छ ।
machhapuchare news Weekly
प्रतिक्रिया लेख्नुहोस्:-