बैशाख ११, पोखरा
स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्तीको अवसरमा नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशालाले राष्ट्रिय सारङ्गी बादन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैशाख १५ गते बाटुलेचौरमा अडिसन र बैशाख १६ गते पोखरा सभागृहमा फाइनल हुने प्रतियोगितामा प्रथम पुरस्कार रु. ३५ हजार, दोस्रो पुरस्कार रु. २५ हजार , तेस्रो पुरस्कार रु. १५ हजार , चौथो पुरस्कार रू. ७,५०० र प्रोत्साहन / उत्कृष्ट पुरस्कार रु. २,५०० प्रदान गरिनेछ ।
गन्धर्व समुदायको इतिहास र मौलिकतासंग झोडिएको सारङ्गी बाजा बादन, गायन , वादनलाई पुस्ता हस्तान्तरण, गन्धर्व जातीको कला, संस्कृतिको संरक्षण, संबंद्धन र विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको केन्द्रका अध्यक्ष सुर्य बहादुर गायकले बताए ।
परम्परागत सङ्गीत र त्यससँगै जोडिएको समुदायको जीविका संरक्षणमा राज्यले ध्यान नदिंदा संस्कृति लोप हुने अवस्थामा पुगेको झलकमान गन्धर्वका नाति दिनेश गायकको भनाई छ।
नेपाली मौलिक बाजा लोक संगित संरक्षण र सम्बर्द्धन र प्रचार प्रसारमा ऐतिहासिक र महत्वपूर्ण योगदान दिदै आएका गन्धर्व जातिको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुने केन्द्रका पुर्व अध्यक्ष बलराम गायकले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-