माघ १०, पोखरा
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ । २०६९ सालमा स्थापित यस संस्थाले वार्षिकोत्सब काे अबसरमा कार्यलयमा उपस्थित पहिलाे २ जना शेयर सदस्यहरुलाई ढाका टाेपी , पछाैरी र मायाकाे चिनाे प्रदान गर्नुका साथै पानसमा दिप प्रज्वलन गरि काराेवार सुरु गरिएकाे थियाे । वार्षिकोत्सब काे अबसर पारेर आयाेजना गरिएकाे अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाकाे वित्तीय बिश्लेक्षण गरिएकाे थियाे । साे अबसरमा बाेल्दै संस्था का सल्लाहकार श्री मुक्तिनाथ चालिसे ले बर्तमान विषम परिस्थितिमा पनि संस्था सफल रहेकाे चर्चा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनुभयाे । संस्थाको कर्जा असुली प्रक्रिया अझै प्रभावकारी हुन नसकेकाेमा जाेड दिदै उहाँले आफ्नो सम्पुर्ण शक्ति असुलीमा लगाउन सल्लाह दिनुभयाे । साे अबसरमा बाेल्दै लेखा समिति का संयाेजक कुलराज बरालले संस्थाकाे लेखा प्रणाली पारदर्शी र प्रभावकारी हुदा पनि बासलात घटेकाेमा चिन्ता व्यक्त गर्नुभयाे । साथै उक्त घटेकाे वासलात लाई कसरी बढाउने भन्ने विषयमा याेजना बनाई अगाडि बढ्नुपर्ने आबश्यकता औल्याउनु भयाे । यस अघि आयाेजित औपचारिक कार्यक्रममा बाेल्दै संस्थाका संस्थापक अध्यक्ष श्री युवराज वाेहाेराले ११ वर्ष सम्म संस्थाले भाेगेका वा गरेका क्रियाकलाप हरुकाे बारेमा चर्चा गरेका थिए । संस्थाका मुख्य व्यवस्थापक श्री महेश पाैडेलले संस्थाकाे बचत तथा लगानीको स्थिति प्रष्टयाउदै आवश्यक निति नियमहरुकाे बारेमा चर्चा गरेकाे कुरा संस्थाका काेषाध्यक्ष श्री नीर विक्रम धुजुँ श्रेष्ठ ले बताए । संस्था का अध्यक्ष श्री शंकर बहादुर खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्री दिपेन्द्र चालिसे ले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सह सचिव श्री परमेश्वर बराल ले धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-