माघ ८, पोखरा,
पोखरामा चौथो चार भाई व्याडमिन्टन कप २०८० हुने भएकोछ । खेल नै जीवन हो, खेल खेलौ स्वास्थ्य रहौं भन्ने मुल नाराका साथ चार भाई युवा क्लबको आयोजनमा गण्डकी प्रदेश स्तरिय खुल्ला बि र सि लेबल मेन्स डबल प्रतियोगिता हुदैछ । प्रतियोगिता माघ १२ र १३ गते पोखरा–१५, नयाँगाउँमा रहेको ताङ्लेकोट तमु समाज ब्याडमिन्टन हलमा सञ्चालन हुने छ ।
प्रतियोगिताका लागी माघ ११ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्न सकिनेछ । खेलाडीहरुले इसेवामार्फत पनि टिम दर्ता गराउन सकिनेछ, भने दर्ता शुल्क २ हजार ५ सय तोकिएको छ ।
प्रतियोगितामा सि लेबलको कुनै पनि उपाधी विजेता खेलाडीहरु सहभागी हुन पाईने छैन ।
प्रतियोगिताको खुल्ला बि लेबल मेन्स डबलमा विजेताहरु प्रथम, द्धित्तिय, तृतीयले क्रमस नगद रु ४० हजार, २५ हजार, १५हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै सि लेबलको विजेता प्रथम, द्धित्तिय र तृतियले क्रमस नगद रु ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सदस्य बम बहादुर गुरुङले जानकारी गराउनुभएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-