पोखरा महानगरपालिकाको प्रस्याङ्ग स्थित पश्चिमाञ्चल कोल्ड स्टोरको पछाडि सानो खाली ठाउमा संचालित प्रस्याङ्ग भलिबल प्रशिक्षण केन्द्र छ जस्लाइ भलिबल खेलाडीहरुले प्रस्याङ्गको ग्राउन्ड भनेर पनि चिन्छन । जहाँ अहिले भलिबल प्रतियोगिता चलिरहेको रहेछ।
हामी त्यहा पुग्दा दर्शक सैयौका संख्यामा थिए । दर्शकको त्यो माहोल झट्ट हेर्दा राष्ट्रिय प्रतियोगिता नै यो कि भन्ने झल्को दिने त्यो प्रतियोगिता भने मात्र १५००० को रहेछ। असार १ र २ गते २ दिनको लागि आयोजना गरिएको उक्त प्रतियोगितामा पहिलो हुनेले १५ हजार दोस्रो हुनेले ८ हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा जिल्ला स्तरका प्रतियोगितामा सहभागी नभएका खेलाडीहरु मात्र खेल्न पाउने रहेछन् । प्रतियोगितामा आज दोस्रो दिन सम्म आइपुग्दा २५ टिम सहभागी भएका रहेछन् । जस्को कारणले गर्दा प्रतियोगितामा निर्धारित दिन भन्दा थप १ दिन थप्नुपरेको छ।
प्रस्याङ्ग भलिबल प्रशिक्षण केन्द्रका प्रशिक्षक तथा संचालक अमर पुन सँगको अनौपचारिक कुराकानीमा, “प्रतियोगिता नितान्त नया खेलाडीलाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर दिने उदेश्य रहेको थियो। हामिले यतिका धेरै टिम सहभागी हुनेछन् भन्ने अपेक्षा राखेका थिएनौं । जुनियर प्रतियोगिता हुनाले अहिले भएको जस्तो रोचक अनि प्रतिस्पर्धात्मक होला भन्ने पनि हामिले सोचेका थिएनौ यद्यपि प्रतियोगिता मा खेल हेर्दै गर्दा जुनियर खेलाडी नै हरु हुन् भन्ने कुरामा हर कोहिलाइ दुबिधा हुने खालका खेलहरु भैरहेका छन् ।” भन्छन् ।
प्रतियोगितामा आएका दर्शक र यो माहोल देख्दा सच्चिकै नेपालको राष्ट्रिय खेल भलिबल प्रती पोखरामा कतिको मोह छ भन्ने कुरा यो प्रतियोगिताले चित्रण गरेको खेल संयोजक सागर थापा बताउछन् ।
भोलिबाट दोस्रो चरण को खेल हुने यस प्रतियोगितामा अब शान्ता माबी, टिम पर्वत, चापाकोट, टिम टु टु, आयोजक A , प्रहरी तालीम केन्द्र, बसुन्धारा पार्क, धुर्कोट, होमल्यान्ड APF, मट्टिखन्ना, आयोजक B र ढोरपाटन गरि जम्मा १३ टिम बिचको खेलहरु भोलि हुनेछन् ।
वास्तवमै संयोजक सागर थापाले भनेजस्तै यो प्रतियोगिताले भलिबल प्रतिको पोखराबासीमा रहेको मोहलाइ भने पक्कै पनि चित्रण गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-