पोखरा
पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने लागेको हो ।
ढल्किदो उमेर संगै खेलकुदबाट विश्राम लिई आ–आफ्नो पेशा व्यवसायमा व्यस्त पुराना खेलाडीलाई पुन खेलमैदानमा प्रवेश गराउनु र भलिबलमै सक्रिय गराउनु प्रतियोगिताको उद्देश्य हो ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रथम खुल्ला भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने साथमा उत्कृष्ट विधागत पुरस्कारहरु पनि रहनेछ क्लबका अध्यक्ष धिरज गुरुङले जानकारी दिए ।
उनका अनुसार खुल्ला भेट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरुलाई मात्र खेलमा सहभागी हुन पाउनेछन् ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-