पोखरा: पोखरा महानगरपालिका ८ सभागृह अगाडि रहेको नविल बैँकको एटिएम तोडफोड गरेको अभियोगमा भारतीय नागरिक बबि ठाकुर प्रकाउ परेका छन् ।
सभागृह अगाडि रहेको नविल बैंकको एटिएम आज बिहान (मंगलबार)तोडफोड गरिरहेको अवस्थामा बैदाम प्रहरीले भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत घर भएका २० वर्षीय बबि ठाकुरलाई प्रकाउ गरेको हो । प्रकाउ परेका ठाकुरले पोखरा महानगरपालिका ९ नयाँबजारमा शैलुन पसल सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका ठाकुरको साथबाट प्रहरीले फलामको रड, पेचकस, कपाल काट्ने कैची १/१ थान र ढुङ्गा बरामद गरेको छ । ठाकुरलाई जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-