रिदेश सुनार
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ बार्षिक उत्सबको अवसरमा आयोजित खुल्ला क्लब स्तरिय पुरुस तथा महिला भलिबल प्रतियोगीताको उद्घाटन भोलि मंगलबार हुने भएको छ।
नेपाल भलिबल संघको केन्द्रीय सल्लाहकार , तथा टाइगर ग्रुप अफ गन्दकी प्रदेश पोखराका अध्यक्ष एंवम पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायन प्रसाद शर्माको प्रमुख आतिथ्यता दिनको ठिक १ बजे उद्घाटन समारोह हुने खेल संयोजक मनोज खड्काले बिरुवा खबरलाइ बताए ।
पुरुष तर्फ १६ टिम सहभागी यस प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमका उपाध्यक्ष हरि कुमार छन्त्याल अनुसार मंगलबारबाट हुने प्रतियोगिता पाँच दिन चल्नेछ। प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता गर्दै आइरहेको छ ।
त्यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारणको सम्पुर्ण अधिकार पर्वत भलिबल Youtube channel लाई दिइएको महासचिव नबिन छन्त्यालले जानकारी दिएका छन् ।
खेल तालिका
प्रतिक्रिया लेख्नुहोस्:-