कास्की, पोखरा–१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । “जीवनको लागि शिक्षा” भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड स्थित क्रिस्टल पार्टी प्यालेस मा स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि को रुपमा रास्ट्रीय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्षमण देवकोटा भएको कार्यक्रममा नब आगन्तुक करिब १०० जना विद्यार्थी लाई स्वागत गरिएको हो ।
विद्यालय का शिक्षक र कर्मचारी एवम् उप प्राचार्य देवेन्द्र अधिकारी र गोविन्द चापागाईँ ले विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूले विद्यालयलाई अभूतपूर्ण एवम् अटुट विश्वास गरि आफ्ना नानीबाबुहरूलाई भर्ना गराउनु भएकोमा अभिभावक प्रति हार्दिक धन्यवाद एब कृतज्ञता व्यक्त सहित नवआगन्तुक विद्यार्थीहरूको उज्जल शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त स्वागत तथा शुभकामना कार्यक्रममा विद्यालयका सल्लाहकार एवम् पर्यटन व्यवसायी सन्तोष पोख्रेल ले विद्यार्थी जीवन लाई जीवन सफल बनाउने आधारशिलाको रुपमा सदुपयोग गर्न आग्रह गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर भण्डारीले विद्यालय तहको शिक्षा एवम् सिकाइ बालबालिकाको उज्जल भविष्यको समग्र आधारशिला भएको हुँदा अनुशासित एवम् लगनशील भै अध्ययन गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै बालबालिकाको शैक्षिक गुणस्तर विकासका लागि विद्यालयले समय सापेक्ष नवीनतम शैली अपनाइ विद्यालयलाई रचनात्मक सिकाइ केन्द्रको रुपमा विकास गरिने बताउनु भयो। त्यसै गरि प्रमुख अतिथि देवकोटाले विद्यार्थीहरू मा अनुशासन र देशप्रेमको भावना विकास गराउँदै उच्च शिक्षा आर्जन पश्चात स्वदेशमै बसि आफ्नो श्रम र सीपको प्रयोग गरि देश विकासमा जुट्ने जनशक्ति को आवश्यकता पूरा बाटोमा लाग्न सबै विद्यार्थीहरू लाई सुझाव दिनु भयो । स्वागत कार्यक्रमको सञ्चालन विद्यालय का शिक्षक फणिन्द्रराज पौडेल ले गर्नु भएको थियोे ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-