७ जेठ, पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा गोर्खा जिल्लाको सदरमुकाम गोर्खा बजार, हरामटारी स्थित तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति, गोर्खाको कार्यालयको सभाहलमा गोर्खा जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरियो । प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्व र सदस्य लोकबहादुर तमुको संयोजकत्वमा सचीव कन्चन तमु, सह-सचीव भेषबहादुर तमु, स-कोषाध्यक्ष ओमबहादुर तमु र अक्षयकोष दाता संस्था तमु (गुरुङ) समाज कतारका निवर्तमान अध्यक्ष खुशीमान तमुको समूह गोर्खा प्रथान गरि यो परीक्षा संचालन गरिएको थियो ।
३९ जना तमु विद्यार्थीहरुको सहभागिता रहेको उक्त परीक्षामा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश सदस्य शुकबहादुर तमुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गोर्खा जिल्ला समितिका सचिव चन्द्रबहादुर तमु, जनकल्याण मा.वि. सह-प्रधानाध्यापक आश तमुले आफ्ना भनाइ राख्नुभएको थियो । विद्यार्थी समितिका अध्यक्ष तथा सदस्यहरुले परीक्षा सन्चालनमा सहयोग गरेका थिए । विद्यार्थीहरुलाई उक्त परीक्षामा सहभागी गराउन तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाका अध्यक्ष रामबहादुर तमुले व्यवस्थापन तथा समन्वयात्मक भूमिका निभाउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-