पोखरा
असार १ देखि प्रस्याङ्ग भलिबल प्रशिक्षण केन्द्रमा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोरपाटनले हात पारेको छ। त्यस्तै प्रतियोगितामा चापाकोट भलिबल टिमले दोस्रो स्थान ओगटेको छ।
जिल्ला स्तरका प्रतियोगिता खेलेका खेलाडी समाबेश हुन नपाउने यस प्रतियोगितामा जम्मा २७ टिम सहभागी रहेका थिए। प्रतियोगितामा प्रथम भएको ढोरपाटनले १४ हजार र दोस्रो हुने चापाकोटले ९ हजार हात पारेका छन्। पहिलो सेटमा ढोरपाटनले २५-१७ दोस्रो सेट २५-२२ मा जित निकालेको थियो भने तेस्रो सेटको सुरुवातमा बर्षातको कारण रोकिएको थियो । बर्षात नरोकिएर तेस्रो सेट हुन नसकेपछी पुर्वनिर्धारित पुरस्कारलाई सहमतिमा वितरण गरिएको खेल संयोजक अमर पुनले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-