पोखरा २२, माघ । फर्निचर तथा फर्निसिङ व्यवसाय संघ, कास्कीले पोखरा महानगरपालिका भित्र फर्निचर तथा फर्निसिङ व्यवसाय बैधानिक तवरले सन्चालन गर्न ब्यवसायीलाई आव्हान गरेको छ । यस्तै ब्यवसायको दर्ता तथा नविकरण र ब्यवस्थित रुपमा सन्चालनको निगरानी तथा अनुगमन गर्न पोखरा महानगरपालिका र महानगरका ३३ वटै वडामा ज्ञापन पत्र बुझाउने अभियान सुरु गरेको छ।
आज महानगर पालिकाको वडा नम्बर १ का अध्यक्ष साहारा प्रधान , वडा नम्बर २ का अध्यक्ष दिवस मान प्रधानाङ्ग र वडा नम्बर ५ का अध्यक्ष बिष्णु बराललाई कार्य कक्षमा भेटी ज्ञापन पत्र बुझाएको हो । संघले महानगर भित्र जे जति ब्यवसायी संचालित छन ती सबै दर्ता गरि कानुनको दायरामा ल्याउने अभियानको रूपमा सुरुवात गरेको जनाएको छ । गण्डकी प्रदेश सचीव हिरामणी पण्डितले व्यवसाय दर्ता नगरी संचालन हुदा राज्यको आम्दानीमा कमी हुने बताए । कानुनी प्रक्रिया पूरा गरि सन्चालन गरे राज्री पनि जिम्मेवार हुने र राज्य प्रति पनि जिम्मेवार भइने बताए । वडा नं १का अध्यक्ष साहारा प्रधानले फर्निचर तथा फर्निसिङ ब्यवसायी मात्रैलाइ नभइ छिटै नै सबै प्रकृति ब्यवसायीलाई कानुनी प्रक्रियामा आउन आव्हान गर्ने र नआए अनुगमन समिती गठन गरि कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन । वडा नं २ दिवस मान प्रधानाङ्गले आफुहरुले ब्यवसायलाइ कानुनी दायरामा ल्याउन प्रयत्न केही समय अघि नै सुरु गरेको भन्दै बिशेष गरी डेंगु रोग फैलने माध्यम भएको भन्दै अटोवर्कसपलाई बढी निगरानी गरेको बताए । करको दायारा फराकिलो बनाउन र वडामा दर्ता गर्न वडा संधै सकारात्मक रहेको जानकारी दिए । यस्तै वडा नं ५ का अध्यक्ष बिष्णु बरालले वडाले ब्यवसाय मात्र नभई वडामा कुकुर पाल्न पनिब दर्ता गर्नु पर्ने ब्यवस्था रहेको बताए ।
फर्निचर तथा फर्निसिङ मात्र नभई कहि कतै त्यस्ता ब्यवसाय सन्चालनमा भए उजुरी र खबरका आधारमा अनुगमन गरी कानुनी प्रक्रियामा ल्याउने बताए । पहिलो चरणमा वडा कार्यालय सबै (१-३३) मा ज्ञापन पत्र बुझाइ सबै फर्निचर तथा फर्निसिङ ब्यवसायीलाई राज्य प्रति उत्तरदायी बनाउने लक्ष्य लिएको संघले दोस्रो चरणमा जिल्लामा सन्चालनमा भएका सबै फर्निचर तथा फर्निसिङ ब्यवसायको अनुगमन गर्ने जनाइएको छ । कास्की जिल्ला अध्यक्ष पूर्ण शोभा गुरुङ, प्रथम उपाध्यक्ष रामजी प्रसाद तिवारी , द्वितीय उपाध्यक्ष वेल बहादुर नेपाली, महासचिव परमेश्वर दवाडी , कार्य समिती सदस्य भेष राज वास्तोला , क्षेत्रीय सदस्य नवराज सुवेदी लगायत उपस्थित भएका थिए । फर्निचर तथा फर्निसिङ व्यवसाय संघ कास्कीको मिति २०७९/०७/१७ गतेको पत्रबाट ब्यवसाय दर्ता गरि वैधानिक रुपमा सन्चालनमा ल्याउन आवश्यक सहजीकरणको माग गरेको थियो । उक्त पत्र कार्यान्वयन गर्न सम्बन्धित निकाय र पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम महानगरपालिकामा दर्ता तथा नविकरण गरी व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन सबै वडाहरुलाई पोखरा महानगरपालिका नगर कार्यपालिकाले मिति २०७९/१०/१६ पत्र काटी गते पुन:ताकेता गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-