चैत्र ११ , स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारिको झाँक्री थान भन्ने स्थानमा बिजुलीको करेन्टबाट एक जनाको ज्यान गएको छ ।
आफ्नो काममा हिँडेका स्थानीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको हो ।
हिँड्ने बाटोमा लतारिएको बिजुलीको तारले थापालाई करेन्ट लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-