फागुन २८, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको अध्यक्ष कप २०८०मा भलिबल खेलकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ ।
अध्यक्ष कपकाे दाेस्राे दिन पुरुष भलिबलमा पहिलाे खेल वडा नं ४ बिरुद्ध ५ बिच भएकाे थियाे । उक्त खेलमा १९-२५ र १२-२५ साेझाे सेटले पराजित गर्दै वडा नं ५ सेमिफाइनलमा प्रवेश गरेकाे थियाे ।
त्यस्तै वडा नं ३ र ७ बिचकाे खेलमा १५-२५ र २२-२५ ले पराजित गर्दै वडा नं ७ सेमिफाइनलमा प्रवेश गरेकाे थियाे ।
पहिलाे सेमिफाइनल खेल वडा नं २ र ७ बिच भएकाे थियाे । जसमा १७-२५, १८-२५ र २७-२९ ले पराजित गर्दै वडा नं ७ फाईनलमा प्रवेश गरेकाे छ ।
दाेस्राे सेमिफाइनल खेल वडा नं ५ र वडा नं ६ बिच भएकाे थियाे । जसमा २२-२५, १५-२५, २५-१५, २५-२२ र १३-१५ ले पराजित गर्दै वडा नं ६ फाईनलमा प्रवेश गर्नुभएकाे छ ।
महिला तर्फकाे खेलमा वडा नं २ बिरुद्ध ३काे खेलमा २५-१० र २५-१० काे साेझाे सेटले पराजित गर्दै वडा नं २ सेमिफाइनलमा प्रवेश गरेकाे थियाे । त्यस्तै वडा नं ७ र वडा नं ८ बिचकाे खेलमा २५-८, १३-२५ र २५-२१ ले पराजित गर्दै वडा नं ७ फाईनलमा प्रवेश गरेकाे छ ।
महिला भलिबलकाे दाेस्राे सेमिफाइनल खेलमा वडा नं २ बिरुद्ध १ बिच भएकाे थियाे । जसमा २५-२२, १९-२५, र २५-१७ ले पराजित गर्दै वडा नं २ फाईनलमा प्रवेस गर्न सफल भएकाे छ ।
जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता समेत सम्पन्न भएकाे छ जसमा २-१ सेटले जनप्रतिनिधि बिजय भएकाे थियाे ।
बाँकी फाईनल खेलहरु भाेलि रहनेछ । त्यस्तै ब्याडमिन्टन प्रतियाेगिताकाे पनि सेमिफाइनल र फाईनल खेल मात्र बाँकि रहेकाे छ । भाेलि नै सटफुट प्रतियाेगिता पनि हुने जानकारी कार्यक्रम सभाध्यक्ष तथा स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले जानकारी गराउनुभएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-