फागुन २८, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको अध्यक्ष कप २०८० सम्पन्न भएकाे छ । फागुन २७ देखि वडा नं ८ मेथाभुरुङकाे पुष्पमदन खेलमैदानमा सञ्चालन भएकाे हाे । गत सालमा भलिबल खेल मात्र गराएकाेमा यश पटक भने सट फुट र ब्याडमिन्टन खेल पनि समावेश गरिएकाे थियाे । समापन समाराेहमा प्रमुख अतिथि गण्डकी प्रदेश साम्सद माननीय सुधिर पाैडेलकाे अातिथ्यतामा खेलाडीहरु संग परिचय गरी राष्ट्रिय रेफ्री लिल बहादुर गुरुङलाई बल हस्तान्तरण गरि सञचालन गरिएकाे थियाे ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथाम, द्दित्तय र तृतिय क्रमस वडा नं ७,५र २ हुन सफल भएकाे थियाे । बिजेता टिमले क्रमश ७५ हजार, ५० हजार २५ हजार शिल्ड मेडल र प्रमाणपत्र बितरण गरिएकाे थियाे ।
वेष्ट प्लेयर वडा नं ७ का जीवन गुरुड, वेषट स्पाईकर वडा नं ५ का अमित थापा, वेषट सेटर वडा नं ५ का मिलन राना, वेषट क्वीकर वडा नं ५ का शिशिर भुजेल, वेष्ट डिफेन्डर वडा नं २का सुजन थापा र वेष्ट ब्लकरमा भने वडा नं ७का सुसान्त गुरुङ घाेसित भएका थिए । बिधा घाेसित खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिएकाे थियाे ।
महिला भलिबल तर्फ वडा नं ७, २ र ८ क्रमस प्रथम, द्दित्तिय तृतिय हुन सफल भएकाे थियाे । बिजेता टिमलाई क्रमश ५०, ३० र २० हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियाे । महिला तर्फ वेषट प्लेयर वडा नं ७कि साेनी गुरुङ, वेष्ट स्पाईकरमा वडा नं २ का विनिसा थापा, वेष्ट सेटरमा वडा नं ७ भुमि गुरुङ, क्वीक स्पाईकरमा वडा नं ७ का निलिमा गुरुङ, वेष्ट डिफेन्डरमा वडा नं ८ कि चन्द्रकला र वेषट ब्लकरमा भने वडा नं २ की ससिरा घाेषित भएका थिए । बिधा घाेषित खेलाडीलाई ट्रफि र मेडल बितरण गरिएकाे थियाे ।
पुरुष ब्याडमिन्टन तर्फ प्रथम द्दित्तय तृतिय क्रमश वडा नं ७,२, र ६,७ हुन सफल भएकाे छ । बिजेताहरुलाई क्रमश ८,५,र ३ हजार शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । महिला तर्फ क्रमश वडा नं १,७ र ८ प्रथम द्दित्तिय र तृतिय स्थान प्राप्त गर्न सफल भएकाे थियाे । बिजेतालाई ६,४ र २ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
सटफुटमा भने वडा नं ६, ७ र ८ क्रमश प्रथम द्दित्तीय र तृतीय स्थान प्राप्त गर्न सफल भएकाे थियाे । बिजेतालाई क्रकश ५, २ र ३ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
बिजेता टिमहरुलाई प्रमुख अतिथि, विशेष अतिथि र जनप्रतिनिधिहरुबाट ट्रफि मेडल प्रमाणपत्र र नगद हस्तान्तरण गरिएकाे थियाे । अन्त्यमा कार्यक्रम सफल बनाउन सहयाेग गर्नुहुने विभिन्न संस्थाहरु र व्यक्तिहरुला कार्यक्रम सभाध्यक्ष तथा स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-